स्रोत नखुलेको साढे २८ लाख रुपैयाँसहित १ जना पक्राउ

2420

रौतहट ११ भदाै – रौतहटस्थित भारतीय सिमानासंगै जोडिएको ईशनाथ नगरक्षेत्रबाट सशस्त्र प्रहरीले स्रोत नखुलेको २८ लाख नेपाली रुपैयासहित एकजना युवकलाई पक्राउ गरेको छ ।

सशस्त्र बेश क्याम्प औरैयाको गस्तीटोलीले राजपुर नगरपालिका ९ बैरियाका शिवनाथ साहको छोरा बर्ष २० का दिलिप कुमार साहलाई २८ लाख ५१ हजार ९ सय ६० रुपैयाँसहित पक्राउ गरेको सशस्त्रका एसपी सुुर्यबहादुर सेन ओलीले जानकारी दिएका छन् ।

बिआर ३० एन ९५८० नम्बरको मोटरसाईकलमा भारतीय क्षेत्रबाट प्रवेश गर्दा गस्ती टोलीलाई शंका लागेर ईशनाथ ९ लवतना गाँउनजिक आज बिहान सवा ७ बजे चेकजाँच गर्दा उक्त रकम बरामद भएको एसपी ओलीले जानकारी दिए ।

बरामद रकम समेत दिलिप कुमार साहलाई जिल्ला भन्सार कार्यालय गौरमा बुुझाउने तयारी भईरहेको एसपी ओलीले जानकारी दिएका छन् ।