रौतहट – ग्रामीण विकास केन्द्र नेपाल र अक्सफाम नेपालको संयुक्त पहलमा परोहा नगरपालिकाका बाढीपीडित महिलालाई १०० थान डिग्निटी एन्ड विंटराइजेशन किट वितरण गरिएको छ। कार्यक्रमको उद्देश्य बाढीबाट प्रभावित महिलाहरूको स्वच्छता तथा शीतकालीन आवश्यकताहरू पूरा गर्न सहयोग पुर्याउनु रहेको छ।
वितरण गरिएको किटमा चिसो मौसममा आवश्यक पर्ने कपडा, स्वच्छता सामग्री, र अन्य आवश्यक वस्तुहरू समावेश थिए। यस प्रयासले बाढीपीडित महिलाहरूको स्वास्थ्य र जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ।
ग्रामीण विकास केन्द्र नेपाल र अक्सफाम नेपालका प्रतिनिधिहरूले सामुदायिक सहकार्यका माध्यमबाट आगामी दिनमा पनि यस्ता पहललाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा स्थानीय समुदायले धन्यवाद प्रकट गरेका छन्।