गौर ईन्स्टिच्युको आईस्लोसनबाट १८ जना कोरोना भाईरस जितेर घर फर्के

1847

रौतहट, जेठ २४ गते । रौतहटको गौर नगरपालिका अवस्थित गौर ईन्स्टिच्यु को आईस्लोसन बाट १८ जना कोरोना भाईरस जितेर आज शनिवार घर फर्केका छ्न ।
बीस दिनदेखि आईस्लोसनमा भर्नारथ कोरोना संक्रमीत ईसनाथ नगरपालिका का १० जना , राजपुर नगरपालिकाका ७ जाना पुरुष र माधवनारायण नगरपालिका का १ महिला गरि १८ जना निको भई घर फर्केको गौर अस्पतालका सुपरिटेन्डेन्ट डाक्टर कृष्णा साहले बताएको छ ।
गौर ईन्स्टिच्युटमा ३५ जना ईस्लोसनमा रहेको मध्ये १७ जनाको स्वाव परिक्षणको लागि काठमाडौ टेकुस्थित पठाएको डाक्टर साहले जनाएको छ ।
कोरोना भाईरस बाट जितेका १८ जनालाई अबिर , फुलको गुच्छा र ताली बजाएर स्वास्थ्यकर्मीहरुले बिदाई गर्नु भएको छ ।