एक बर्षमा ९० लाख भन्दा बढी राजश्व बुझाउने सशस्त्र प्रहरी निरीक्षक अजय थापाको सरुवा।

1651

नवीन कुमार सिंह २०७७ भदौ ५ रौतहट
सशस्त्र प्रहरी बल नेपाल BOP लक्ष्मीपुर बेलबिछ्वा रौतहटले आर्थिक बर्ष २०७६/२०७७ मा सबै भन्दा बढी राजश्व संकलन गरेका छन्।
गएका आर्थिक बर्ष तुलनामा ३ गुणा बढी अवैध तस्करीको समान हरु बरामद गरी कार्यवाही को लागी जिल्ला भंसार कार्यालय गौरमा बुझाएको छ।
सशस्त्र प्रहरी निरीक्षक अजय कुमार थापाको अगुवाइमा ९० लाख ३३ हजार ९ सय ३७ रुपैया राजश्व संकलन गर्न सफल भएका छन। उनले १ बर्षको अवधी मा ३ गुणा बढी राजश्व संकलन गरेका हुन।
तत्कालीन छोटी भंसारको रूपमा रहेको सो नाका बाट हुने अवैध चोरी निकासी नियन्त्रण गर्ने अभियान अन्तर्गत प्रहरी निरीक्षक थापाले ९० लाख ३३ हजार ९ सय ३७ रुपैया मुल्य बराबरको तस्करी चोरीका समान हरु भंसार कार्यालय बुझाएका हुन। गएका आर्थिक बर्ष २९ लाख १२ हजार ५७२ रुपैया बराबरको भंसार दाखिला गरिएकोमा यस बर्ष ९०,३३,९३७ रुपैया बुझाइएको सशस्त्र प्रहरी निरीक्षक थापाले बताए।
सीमा नाका बाट अवैध रूपमा ओसार पोसार हुन लागेको लागुऔषध गाँजा, अवैध रूपमा भारत बाट ल्याउँदै गरेको नेपाली रुपैया, कपडा, किराना समान हरु, कस्मेटिक, मदिरा, मेसिनरी पार्ट्स, सुर्तीजन्य पदार्थ, इलेक्ट्रिक्स ,सवारी साधन हरु पक्राउ गरी जिल्ला भंसार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी निरीक्षक थापाले बताए।
सशस्त्र प्रहरी निरीक्षक थापाले संकलन गरेको राजश्व जति सो BOP मा यस अघि आएका इन्चार्ज हरुले अहिले सम्म संकलन गर्न सकेका छैन्न। आफ्नो पेशा कर्तव्य प्रति निष्ठावान देखिएका निरीक्षक थापाले आर्थिक प्रलोभनमा नपरी भारतीय सिमा सित टासिएका नाकामा सुरक्षाको चुनौती हुँदा हुँदै पनि कसैको दवाव प्रभावमा नपरी इमान्दारी पूर्वक आफ्नो भूमिका निर्वाह गरेका थिए।
कम समयमा बढी राजश्व संकलन गर्ने सशस्त्र प्रहरी निरीक्षक थापाका कारण तस्करी, चोरी, लगायत विभिन्न अपराधी गतिविधि गर्ने हरु त्रसित भएका छन।
सशस्त्र प्रहरी निरीक्षक थापा आएका दिन देखि नै सिमा नाकाको सुरक्षा, तस्करी नियन्त्रणका साथ साथ सरसफाई देखि समाजिक र धार्मिक काम हरुमा पनी उललेखनीय भूमिका निर्वाह गर्दै आएका थिए।
कोरोना भाइरसको प्रकोप नियंत्रण गर्ने कार्यमा सक्रीय भूमिका निर्वाह गर्ने सशस्त्र प्रहरी निरीक्षक थापाले सामाजिक कार्य र शांति सुरक्षा बार्डरको रक्षा गर्ने कार्यमा निरंतरता दिन सफल भएका छन। तत्कालीन सशस्त्र प्रहरी निरीक्षक पशुपति खनालले राजदेवी नगरपालिका वड़ा नम्बर ९ बस्ने बृद्ध महिलालाइ गरेको खाद्यान्न सामग्रीको सहयोगलाइ निरंतरता समेत दिइएको सशस्त्र प्रहरी निरीक्षक थापाले बताए ।
क्वारेंटाइन निर्माण देखि नियंत्रणको कार्यमा समेत उल्लेखनीय योगदान पुर्याएका निरीक्षक थापाले राजदेवी नगरपालिकाका केही स्थान हरुमा बागमती नदीले गरी रहेको कटान रोकथाममा पनि अहो रात खटी अहम योगदान पुर्याएका स्थानियहरुको भनाइ रहेको छ।
खुल्ला सिमा भएको कारण सुरक्षाको ठूलो चुनौती रहेपनि थापाले सहज रुपमा सामना गर्न सफल भएका छन।