गौर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीहरुको स्वाब संकलन

849

रौतहट २६ साउन । रौतहटको गौर नगरपालिकाका नगर प्रमुख लगायत जनप्रतिनिधि तथा कर्मचारीहरुको स्वाब संकलन गरिएको छ ।

आइतवार सदरमुकाम गौरमा १५ र आज राजेदेवि नगरपालिकामा १९ नयाँ संक्रमित थपिएका छन । संक्रमितहरु तिव्र गतिमा बढन थाले पछि स्थानियमा त्राश उत्पन्न भएको छ । रौतहटमा समुदाय स्तरमा संक्रमण फैलिए पछि साउन २४ देखी ३२ गते सम्मको लागी स्थानिय प्रशासनले निषेधाज्ञा जारी गरेको छ ।

गौर नगरपालिकामा भएको स्वाब संकलनमा ९३ जनाले आफ्नो स्वाब परिक्षणका लागी जम्मा गराएका छन ।