रबिन्द्र प्रजापति ५ भदौ रौतहट ।
भोजपुरी दुर्गा माताको गीत चुनरी देवी मईया पर चढैईह हो सुनु ऐ सिमरन के पापा गीत आज विमोचन भएको हो । रेडियो कर्मी आर जे रबिन्द्र राजले गाएको देवी गीत विमोचन भएको गायक रविन्द्र प्रजापतिले बताए ।
निर्माता ओमप्रकाश यादव ,निर्देशक लालबाबु कुशवाहा,शब्द सम्पादक करन कुमार मिश्रा रहेको छ भने गीतकारको रुपमा दिपेन्द्र रजक ,संगीत राकेश राहीको रहेको छ ।
धडकन धन्नजय इन्टरटेनमेन्ट को प्रस्तुति लाल चुनरीया देवी माई के एलबम आज सार्वजनिक भएको हो । लामो समय देखि विभिन्न गीतको माध्यम बाट मनोरन्जन गराउँदै आएका रेडियो प्रस्तोता एवम गायक रविन्द्र राज भक्ती लाल चुनरीया देवी माई के नामको एलबम मा स्वर रविन्द्र राज दिएका छन् ।
यसअघि पनि विभिन्न भक्ती गीत भोजपुरी गीत गाएका गायक प्रजापतिको गीत बजारमा लोकप्रिय हुनुमा विश्वास गरिएको छ ।