यूवा नेता आलमले पाए मुस्लिम विभागमा जिम्मेवारी

1359

रौतहट २६ साउन :- यूवा नेता फिरोज आलम नेपाली कांग्रेस केन्द्रिय मुस्लिम विभागको सदस्यको मनोनयनमा परेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका केन्द्रीय विभागका उपप्रमुख, सचिव र सदस्यहरुमा गरेको मनोनयनमा आलम सदस्यमा परेका हुन् ।

नेपाली कॉंग्रेसका केन्द्रीय सदस्य पुर्व मन्त्री फर्मुला मन्सुर को समायोगतवमा रहेको मुस्लिम विभागमा उनले जिम्मेवारी पाएका हुन्,

आइतबार राति ११ बजे देउवाले १० वटा विभागमा ३ सय ९४ जना सदस्यहरु मनोनयन गरेका थिए । उनले यसअघि गठन भइसकेको तरुण र खेलकुद विभागमा समेत केही सदस्यहरु थपेका छन्,

नेपाली कॉंग्रेसका युबा नेताका रुपमा पहिचान बनाएका फिरोज आलम २०६२ सालमा नेपाल विधार्थी संघ ठाकुर राम बहुमुखी क्याम्पसका उपसभापतिको दरिलो जिम्मेवारी निर्वाह गरेसँगै २०६३ मा कार्यवाहक सभापतिका जिम्मेवारी पाएका थिए । २०६४ सालमा नारायणी रंगशालामा भएको बम विस्फोटमा परी घाइते भई नेपाली सेनाको विमानवाट काठमाण्डौ लगी करिब ३ महिना उपचार पछि निको भई पुन राजनीतिमा उनी फर्केका थिए । आफ्नो विधार्थी राजनीतिमा २०६५ सालमा भएको स्वतन्त्र विधार्थी युनियनको निर्वाचनमा सह सचिव पदमा नेबि संघका तर्फबाट उमेदवार बनेका आलम कयौं पटक जेल जीवन समेत बिताएका छन । 2073 सालमा भएको नेबिसंघको ११ औ अधिवेशनमा नैन सिंह महरको कार्यसमितिमा केन्द्रीय सदस्य निर्वाचित भएका थिए । लगत्तार राजनीति उचाइ पाएका आलम यूवाहरु माझ अत्याधिक रुचाइएका पात्र बन्न पुगे त्यसको फलस्वरुप 2076 सालमा नेपाली कॉंग्रेस रौतहट क्षेत्र नः ३ का सचिवमा सर्वसहमत रुपमा छानिए!!!
क्षेत्रीय सचिव भएर आलम त्यस यता संगठनको प्रत्येक कृयाकलापमा अग्रणी मोरचा सम्हाल्दै आएका छन । मुस्लिम समुदायमा जिल्लामा मात्रै न भई देशमै प्रभाव भएका पात्र मानिन्छ । रौतहटमा क्रान्तिकारी यूवाको पर्यायवाची शब्द नै आलम भनेर चिन्न्छ ।