कर्णाली नदिमा जिप खस्दा सवारिचालक बेपत्ता

1941

खगेन्द्र हमाल कर्णाली प्रदेश ६ सुर्खेत कर्णाली राजमार्ग अन्तर्गत कर्णाली नदिमा जिप खस्दा सवारीचालक वेपता भएका छन।कालिकोटको नरहरी गाउँपालिका १ जिते बजारको पुल नजिकै मंगलबार बिहान दुर्घटना हुँदा जिप कर्णाली नदिमा खसेको थियो । जिल्लाको रास्कोटबाट यात्रु ल्याएर जितेगडा झरेको लु १ ज ४१४१ नम्बरको जिप रास्कोटतर्फ फिर्ता हुनका लागि ब्याग गर्ने क्रममा कर्णाली प्रदेश प्रहरी कार्यलयका प्रवक्ता डिएसपी लोकनाथ तिमिल्सिनाले जानकारी दिनुभयो । प्रहरीका अनुसार जिप चालक दैलेख गुराँस गाउँपालिकाका वडा न:४ का चक्र बहादुर खड्का बेपत्ता भएका हुन।कर्णाली करिडोरको जिरो पोईन्टबाट यात्रु झारेर मोड्ने क्रममा दुर्घटना भएको थियो । नदिमा खसेको जिप बाहिर ल्याएपनि चालक भने बेपत्ता रहेका कालिकोटको प्रमुख डिएसपी श्याम बाबु ओलियाले जानकारी दिनुभयो।चालकको खोजिकार्य भैरहेको प्रहरीको भनाइ रहेकोे छ।