७० हजार घुससहित वडाध्यक्ष पक्राउ

1942

खगेन्द्र हमाल रुपन्देही : रुपन्देहीमा अलग-अलग स्थानमा घुससहित वडाध्यक्ष र कर्मचारी पक्राउ परेका छन् । जिल्लाको सम्मरीमायी गाउँपालिका ५ का वडाध्यक्ष श्रवणकुमार यादव ७० हजार घुससहित पक्राउ परेको अख्तीयार दुरुपयोग अनुसन्धान आयोग बुटवल कार्यालयले जनाएको छ । चौकिल्ला सिफारिस गरिदिने भन्दै घुस लिँदै गरेको अवस्थामा बुधबार दिउँसो साढे १२ बजे यादव पक्राउ परेको अख्तियार बुटवल कार्यालयका सूचना अधिकारी सुरेश भुसालले बताए । त्यसैगरी, उच्च सरकारी वकिलको कार्यालय बुटवलका कार्यालय सहयोगी महेन्द्र यादव १५ हजार घुससहित पक्राउ परेका छन् । बन्दिप्रत्यक्षीकरणको मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवा ग्राहीबाट घुस लिँदै गरेको अवस्थामा आज दिउँसो १ बजे यादव पक्राउ परेको अख्तियारको बुटवल कार्यालयले जनाएको छ ।