श्रावण २६ बिरगंज ।। पर्सामा थप २२ जनामा कोरोना संक्रमण देखिएको छ । नारायणी अस्पतालको प्रयोगशालामा आइतबार राति गरिएको पिसिआर परीक्षणमा ६ महिलासहित २२ जना संक्रमीत थपिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले जानकारी दिए ।
उनका अनुसार संक्रमितहरु १८ देखि ५० वर्ष उमेर समूहका छन् । जसमा चार जना कन्ट्याक्ट ट्रेसिङका क्रममा परीक्षण गरिएकाहरू रहेका छन ।
यस्तै संक्रमित हुनेमा जिल्ला प्रहरी कार्यालयका चार प्रहरी, पोखरिया अस्पतालका चिकित्सकसहित तीन स्वास्थ्यकर्मी, नारायणी अस्पतालका एक कर्मचारी र औषधि उद्योगका तीन जना कर्मचारी भएको डा. उपाध्यायले बताए ।
यस्तै वीरगन्ज –११ श्रीपुरका चारजना, मुर्लीका २ जना, नगवा र छपकैयाका एक/एक जना रहेका छन् । पर्सामा हालसम्म एक हजार ३७ जनामा कोरोना संक्रमण देखिएको छ भने २१ जनाको मृत्यु भइसकेको छ। साउन यता १७ जनाको मृत्यु भएको मेसु डा.उपाध्यायले बताए ।नयाँ पत्रिका