रौतहट, श्रावण २६
रौतहटमा एक घर एक पिसिआर चेक गर्न विवेकशील नेपाली दलले माग राखेको छ । रौतहट जिल्लामा कोरोनाको संक्रमण बढन थाले पछि रौतहटमा पनि एक घर एक पिसिआर परिक्षण गर्न रौतहटका हरेक नगरपालिका तथा गाउपालिकाहरुलाई सगँ एक ज्ञापन पत्र मार्फत माग राखेका छन ।
रौतहटमा एकासी फेरी कोरोनाको पुष्टि बढन थालेपछि विवेकशील नेपाली दलको प्रदेश कोषा अध्यक्ष विवेक शर्माको नेतृत्वमा श्रावन २५ गते आईतबार बसेको आकास्मिक अनलाईन बैठक मार्फत रौतहत जिल्लाका कोरोनाको कारणले गर्दाले निम्तिआउने अन्य समस्यहरुलाई पनि न्युनिकरण गर्न रौतहट प्रशासन कार्यालय तथा उक्त जिल्लामा रहेको हरेक नगरापालिका तथा गाउँपालिकामा इमेल मार्फत ज्ञापन पत्र पेश गरि पिसिआर टेष्टको दायरा बढाउन माग गर्न निर्णय भए अनुरुप विवेकशील नेपाली दल रौतहटले आज रौतहटमा रहेका विभिन्न नगरपालिका तथा गाउँपालिका र जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएका छन ।
एक घर एक पिसिअरको साथै अन्य ४ वटा माग समेत राखेको छ । जसमा क्वारेन्टाईन व्यवस्थापन गर्ने, रौतहटमा कोरोनाको कारणबाट अकालमै ज्यान जानबाट बचाउनको लागि सुविधा सम्पन्न कोरोना अस्पतालको व्यवस्था मिलाउनु पर्ने, घरबाट बाहिर निस्किन नदिनको लागि आम नागरिकलाई चाहिने अति आवश्यक खद्दान सामग्रीहरुको सहज तथा व्यवस्थित तरिकाले उपलब्ध गराउन, कृषकहरुलाई सहज तरिकाले अनिवार्यरुपमा मल खाध उपलब्ध गराउन । उक्त बैठकमा प्रदेश न २ को प्रदेश सदस्य प्रेम शंकर मिश्र, अनिशुन खातुन, रौतहट जिल्लाको जिल्ला अध्यक्ष लखिन्द्र गुप्ता, उपा अध्यक्ष कृष्णन्दन सहनी, लगायत अन्य जिल्ला कमिटिका सदस्यहरुको उपस्थिति रहेको प्रदेश न. २ को कोषाअध्यक्ष तथा केन्द्रिय संगठन विभाग सदस्य विवेक शर्माले जानकारी गराउनु भयो ।