सुकदेव चौकमा प्रहरी चौकीको नयाँ भवनको सिलान्यास

1771

रौतहट १५ साउन // रौतहट जिल्लाको सुकदेव चौकमा प्रहरी चौकीको नयाँ भवनको सिलान्यास गरिएको हो । जिल्लाको यमुनामाइ गाउँपालकिा अन्र्तगत पर्ने उक्त प्रहरी चौकीको भवनको लागि सिलान्यास आज गरिएको प्रहरी चौकी सुकदेव चौकले जनाएको हो ।एक कार्यक्रमका बिच रौतहट प्रहरी प्रमुख एसपि रविराज खडकाले सिलान्यास गर्नु भएको थियो । हिन्दु परम्परा अनुसार पंडित द्धारा मन्त्रोउच्चारण गराइ सिलान्यास गरिएको थियो । कार्यक्रमको प्रमुख अतिथीको रुपमा एसपि रविराज खड्का रहनु भएको थियो भने अध्यक्षता यमुनामाइ गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद मुखियाले गर्नु भएको प्रहरी चौकी सुकदेव चौकका इन्चार्ज बबन झाले जानकारी गराउनु भएको हो । करिब ९४ लाखको लागतमा निमार्ण हुन लागेको नयाँ भवनको लागि विभिन्न तिन वटा पालिकाहरुले सहयोग गरिरहेका छन् । माधवनारायण नपाले १५ लाख,देवाही गोनाही नपाले १० लाख,परोहा नपाले ५ लाख र बाँकि यमुनामाइ गाउँपालिकाले भवन निमार्णमा लाग्ने खर्च व्यवहोर्ने भएको हो । उक्त भवनको केहि व्यक्तीहरुले व्यक्तीगत रुपमा पनि सहयोग गरेका छन् । नेपाली काँग्रेस रौतहटका युवा नेता नितिश कुमार गुप्ताले रु २१ हजार नगद दिने घोषणा गर्नु भएको थियो । यस्तै अन्य व्यतीहरुले पनि सहयोग गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । यस अवसरमा यमुनामाइ गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद मुखिया, माधवनरायण नपाका नगरप्रमुख विरेन्द्र यादव,उपप्रमुख सिमल कुमारी साह,वडाध्यक्ष राजकुमार यादव,नन्दलाल यादव,नेपाली काँग्रेसका नेता नितिश कुमार गुप्ता सहित दर्जनौं व्यतीहरुको सहभागिता रहेको थियो ।