रौतहट १५ साउन । रौतहटको सदरमुकाम गौरमा ३३ हजार केभिएको तार चुडिएर करेन्ट लाग्दा रौतहटमा एक महिलाको मृत्यु भएको छ ।
करेन्ट लागेर गौर ४ की ७० वर्षिया शान्ती देवी पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बिहान चिया खान पसलमा गएकी वृद्धा बाटो काटने क्रमममा करेन्टको चपेटमा परेकी थिइन । सोही स्थानमा करेन्ट लागेर दुई चौपाया साढेको समेत ज्यान गएको छ ।
गौर चन्द्रपुर जोडने मुख्य सडक नजिकै उच्च भोल्टेजको करेन्ट प्रवाह भइरहेको तार चुडिएर सडकमा खसे पछि स्थानियले नेपाल विद्युत प्राधिकरणको गौर शाखा र सबगढामा रहेको सबस्टेशनमा समेत फोन गरेर जानकारी दिन खोजेका थिए । सयौ पटक पनि फोन गर्दा दुवै कार्यालयको फोन कसैले नउठाउदा महिलाको ज्यान गएको स्थानियले बताएका छन ।समयमै फोन गरे पनि कार्यालयका कुनै कर्मचारीले फोन नउठाउदा मान्छे सँगै पशु चौपायाको पनि मृत्यु भएको स्थानियको आरोप छ ।
विद्युत प्राधिकरणको चरम लापरवाहीका कारण ज्यान गएको भन्दै स्थानियले लापरवाही गर्ने कर्मचारीलाई कारवाही गर्नु पर्ने माँग गरेका छन ।