आधारभुत विद्यालयमा आधुनिक प्रविधि मार्फत पठनपाठन शुरु

107

रौतहट । रौतहटको गौर नगरपालिका वडा न. ९ सिर्सियामा रहेको श्री रत्नकन्या आधारभुत विद्यालयमा आधुनिक प्रविधि मार्फत पठनपाठन शुरु भएको छ ।
गौर नगरपालिकाका मेयर शम्भू साहले आज सोमवार एक कार्यक्रमका बिच पुरानो विद्यालय श्री रत्नकन्या आधारभुत बिधालयमा अत्याधुनिक प्रविधि मार्फत अध्यापन कार्यको उदघाटन गरेका हुन ।
आधारभुत विद्यालयका बालबालिकाको भविष्यको लागि डिजिटल तरीकाबाट बालबालिकाहरुलाई पढाउने उदेश्यले विद्यालयमा आधुनिक प्रविधि मार्फत पठनपाठन सुरु गरेको गौर नगरपालिकाका नगर प्रमुख साहले बताएका छन ।
निर्वाचित भएको बेला आधुनिक प्रविधि मार्फत कक्षा संचालन गर्ने घोषणा गएको थियो ।” नगर प्रमुख साहले भने “भोलीदेखि आधुनिक प्रविधि मार्फत कक्षा संचालन शुरु हुने भएको छ ।
गौर नगरपालिकामा रहेका विद्यालयहरुको स्तर सुधार तथा विद्यार्थीहरुको सिकाइलाई प्रभावकारी बनाएर समग्र शिक्षाको गुणस्तर सुधारका लागी आफुले काम गरिरहेको नगर प्रमुख साहले बताए ।
हाल जडान भएको प्रविधिले विद्यार्थीहरुका लागि प्रयोग हुने भए पनि क्रमशः अन्य विद्यार्थीमा पनि लागू गर्ने नगर प्रमुख साहले बताए ।
श्री रत्नकन्या आधारभुत विद्यालयमा जडान भएको यो प्रविधिले कम समय र विषयगत शिक्षकको अनुपस्थितिमा पनि अडियो भिडियो माध्यमबाट कक्षा संचालन गर्न सकिने छ । फागुन २२ गते देखि प्रधानाध्यापकको पद सम्हालेका भैरो यादवको भिजन र परिश्रमले गर्दा बिधालयको शिक्षा स्तरमा व्यापक सुधार आएको छ ।
प्रधानाध्यापक यादव बोर्डिङमा ४ वर्ष प्रधानाध्यापकको कार्य गरिसकेको त्यही अनुरुप कार्य गरेर बोर्डिङ भन्दा गुणस्तरीय शिक्षा यो बिधालय दिने प्रतिवद्दता व्यक्त गरेका छन ।
सो कार्यक्रममा गौर नगरपालिका वडा न.९ सिर्सियाका वडा अध्यक्ष अर्जुन सिंह, बिधालय व्यवस्थापन समितिका अध्यक्ष मनोज कुमार सिंह,शिक्षक,बिधार्थी,समाजको भद्रभलादी लगायतका उपस्थित रहेका थिए ।