रबिन्द्र प्रजापति १२ साउन रौतहट । रौतहट जिल्ला को शिवनगर मा रहेको शिवमन्दिर आज बिहन देखि ताला बन्दी गरेको छ ।
साउन महिनाको सोमबारका दिन दर्शनार्थीको अत्यधिक भिड हुने भएकाले महादेव मन्दिरको चारवटै गेटमा तालाबन्दी गरिएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी ज्ञानकुमार महतोले बताएका छन् ।
देशमा लकडाउन हटाईए पनि कोरोनाको जोखिम रहिरहेकाले संक्रमणबाट जोगाउन साउन महिनामा भिडभाड हुने शिवनगर महादेव मन्दिरमा प्रवेश निषेध गरिएको रौतहटका सिडियो बाशुदेव घिमिरेले बताए।
हिजोमात्र राजदेवी नगरपालिकाका एकजना वडा अध्यक्षलाई कोरोना पुष्टि भएकाले बिशेष सजगता अपनाईएको सिडियो घिमिरेले जानकारी दिएका छन् ।
यसैबिच मास्क न लगाएर बाहिर निस्कनेलाई प्रहरीले कारवाही गर्ने भएको छ । ईलाका प्रहरी कार्यालय गरुडाले आज एक सूचना जारी गर्दै कोरोना भाइरस समुदायमा फैलिएकाले बिना कामको हाट बजारमा नजान जानैपर्ने भए अनिवार्य मास्कको प्रयोग , सामाजिक दुरि सहित पटक पटक साबुन पानीले हात धुन आग्रह गरेको छ ।
सूचनालाई बेवास्ता गर्नेलाई संक्रामण रोग एन २०२० अनुसारको कारवाही गरि १०० रुपैयाँ जरिवाना समेत हुने सूचनामा उल्लेख गरेको थियो ।
शिवनगरको शिवमन्दिर को चारवटै गेटमा ताला बन्दी भए पनी मन्दिर को छेउ छेउमा अत्यधिक भिंड भाड भएको कटहरिया एफ एमको आर जे रबिन्द्र राज ले जनाएको छ ।