मोटर चोरी गरेको आरोपमा एक जना पक्राउ

82

वीरगञ्ज – बारा प्रहरीले किसानको खेतमा सिंचाइको लागि गाडिएको पानी तान्ने मोटर चोरी गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा बारा पचरौता नगरपालिका–३ बस्ने २७ वर्षीय श्याम सुन्दर सहनी रहेका छन्। पचरौता नगरपालिका–३ रामनगरबाट विभिन्न व्यक्तिहरूको पानी तान्ने मोटर उनले चोरी गरेको प्रहरीको भनाइ छ।

उनलाई चार वटा पानी तान्ने मोटरसहित पक्राउ गरिएको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानले जानकारी दिए। उनीविरुद्ध चोरी मुद्दा दर्ता गरी अदालतबाट चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको न्यौपानेले बताए।