यमुनामाई गाउँपालिका द्वारा ५५० घर धुरिलाई ग्यास सिलिन्डर बितरण

1094

रौतहट १२ साउन ।। रौतहट जिल्लाको यमुनामाई गाउँपालिकाले ५५० घर धुरिलाई ग्यास सिलिन्डर बितरन गरेको छ । गाउँपालिकाको आर्थिक सहयोगमा वडा न ४ सरुअठामा ग्यास वितरण आज देखि सुरु गरिएको छ।

धुवा मुक्त क्षेत्र बनाउने उदेश्यले रौतहटको अधिकान्श स्थानिय तहले ग्यास र चुल्हो बितरन गरिएको अभियानलाई निरन्तरता दिदै यमुनामाई गाउँपालिकाले पनि आफ्नो गापामा रहेको सबै वडामा ग्यास र चुल्हो बितरन कार्य प्रारम्भ गरेको छ।

वडा न ४ को अध्यक्ष आशवनी राय यादव (चेतन)को अध्यक्षतामा आज सरुअठामा ५५० घर धुरिलाई ग्यास चुल्हो बितरन गरिएको छ। बाकी रहेको घर परिवारलाई पनि चाडै ग्यस र चुल्हो बितरन गरिने वडाअध्यक्ष आशवनी राय यादवले प्रतिबद्धता गरेका छन।

उक्त ग्यास तथा चुल्हो बितरन कार्यक्रममा यमुनामाई गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत भोजराज एडिको र गाउँका समाजसेवी, बुद्धिजीवी लोग उपस्थित रहेको थियो।