राैतहट ।। नेकपा एकीकृत समाजवादी पार्टीका जनबर्गीय संगठन समाजवादी प्रेस संगठन नेपाल जिल्ला कार्य समिति रौतहटको प्रथम जिल्ला अधिबेशन बुधवार गौर नगरपालिकाको सभा हलमा संपन्न भएको छ ।
गौर नगरपालिकाको नगर प्रमुख शम्भू साहको प्रमुख आतिथ्यमा संपन्न भएको जिल्ला अधिबेशनबाट दिनेश यादव संगमको नेतृत्वमा समाजवादी प्रेस संगठनको नया जिल्ला कार्य समिति गठन गरिएको छ । नव गठित समितिको जिल्ला उपाध्यक्षमा कृष्णा तिवारी , महिला उपाध्यक्षमा रजनी झा , सचिवमा चंचल कुमार झा , कोषाध्यक्षमा रोशाह चौधरी , सदस्यमा प्रेमचन्द्र झा , मदन ठाकुर , राकेश कुमार यादव ,प्रबीन कुमार शर्मा , अजित कर्ण, दिलीप पाण्डेय , राहुल पाण्डेय लगायतका सदस्यहरु निर्विरोध रुपमा सर्व सहमतिबाट चयन गरिएको छ । अधिबेशनको उदघाटन सत्रमा प्रमुख आतिथिको रुपमा सम्वोधन गर्दै गौर नगरपालिकाका नगर प्रमुख शम्भू साह ले पार्टी र संगठन को हकÞमा कलम चलाउनु पर्ने सम्वन्धित संचारकर्मीहरुलाई आग्रह गरे ।
उहाले पत्रकारिता पेशा राष्ट्रको चौथो अंग तथा समाजको आइना भएकोले सत्य तथ्यमा आधारित समाचार लेखनको लागि जोड़ समेत दिए ! कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर शाहिले सामाजिक सञ्जालमा अशभ्य भाषामा टिपण्णी गर्दा कÞानूनी रुपमा कार्यवाही हुन सकिने बताए । कÞानूनी रुपमा सामाजिक सञ्जालमा अभद्र टिपण्णी गर्दा अपराध हुने भएकोले शभ्य भाषा प्रयोग गर्न समेत सुझाव दिए । सशस्त्र प्रहरी उपरीक्षक ध्रुब कार्की , राष्ट्रिय अनुसन्धानका प्रमुख मुकुन्द बहादुर खडका , केंद्रीय सदस्य शैलेन्द्र गुप्ता , प्रेमचंद्र झा लगायतका व्यक्तित्वहरुले आ आफ्नो शुभकामना मंतव्य राखेका थिए ।