गौरको इन्दु होटेलमा प्रहरीका छापा, होटेल संचालिका, घुमुवा सहित पाँच पक्राउ

343

रौतहट, २६ चैत । रौतहट जिल्लाको सदरमुकाम गौरको बस पार्क स्थित रोयाल इन्दु होटेलमा यौंन धन्धा संचालन गरिरहेको आरोपमा प्रहरीले संचालिका सहित ५ जनालाई पक्राउ गरेका छन् ।

श्रोतका अनुसार पक्राउ पर्नेमा सशस्त्र प्रहरीको सहायक हवलदारको नाम आउदै छ, ति व्यक्ति घुमुवाको रुपमा कार्यरत रहेको, तर त्यसको विस्तृत विवरण आउन बाँकी नै रहेका हुन् ।जिल्ला प्रहरी कार्यालय गौरमा प्राप्त भएको गोप्य सुचनाको आधारमा प्रहरीले आईतवार दिउसो रोयाल इन्दु होटेलमा प्रहरीले छापा मारेका हुन् ।

प्रहरीले छापा मारेर २ जना पुरुष, दुई जना महिला सहित संचालिकालाई पक्राउ गरेर अनुसन्धानको लागि हिरासतमा राखिएको छ । यौंनधन्धाको आरोपमा दुई महिला, दुई पुरुष तथा उक्त कार्य गराउने होटेलकी संचालिका अहिले प्रहरी हिरासतमा रहेको त्यस वारे अनुसन्धान पछि यथार्थ जानकारी दिने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

दुई दिन अघि गौर नपा १ स्थित गुदरी बजार जाने गल्लीको बाटोमा साहिवा ब्यूटी पार्लरको आडमा अबैध यौंन धन्धामा संलग्न एक महिला एक पुरुष र व्यूटीपार्लरका संचालिकालाई पक्राउ गरेर मुद्दा चलाइएको प्रहरीले जानकारी दिएको छ ।

रौतहटको गरुडा, चन्द्रपुर नपाको बागमति सहितका विभिन्न स्थानहरुका केही होटेलहरुमा यस्ता अबैध धन्धाहरु संचालन भईरहेको जानकारीमा आएको हुँदा प्रहरीले उक्त अबैध धन्धा गर्ने गराउनेहरुलाई चाँडै नियन्त्रणमा लिई प्रचलित कानुन बमोजिम कारवाही चलाउने चेतावनी समेत दिएको प्रहरी श्रोतबाट बुझिएका छन् ।तराई टप