राजपुर नगरपालिकाले ९ करोड २५ लाखको लागतमा कालो पत्रे बाटो बनाउने

1425

रौतहट चैत ५। रौतहट जिल्लाकको राजपुर नगरपालिकाले ९ करोड २५ लाखको लागतमा कालो पत्रे बाटो बनाउने भएको छ ।

बुधबार मेयर सकिलअख्तर र निमित्त प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुर ले शिलान्यास गरेका हुन् । नगरपालिकाको वडा नं ३ डमार चौक देखी पानीटंकी चौक र पानीटंकी चौक देखी वडा नं ९ बैरियाको कब्रिस्तान सम्म कालो पत्रे गर्ने भएको छ ।

बाटोको काम गुणस्तरीय र बाटोको लागि आएको रकम मध्य एक रुपैया पनि हिनामिना हुदैन भने कुरा पनि नगर प्रमुख अख्तर तथा अधिकृत बैजु ठाकुरले प्रतिवद्धाता गरेका हुन ।