रौतहट, १२ जेठ । गौर नगरपालिका नगर प्रमुख शम्भु साहको पदमा निर्वाचित भएको एक बर्षको अवधीमा गौर नगरपालिका मधेश प्रदेशमा पहिलो स्थान प्राप्त गरेका छन् । आफूले बर्ष भरी गरेको कार्यको समिक्षा गर्दै पत्रकार सम्मेलन मार्फत सार्वजनिक गर्दै विकास निर्माणको कार्य, बाटो ढलान, नयाँ ट्रयाक संचालन, बाँध अतिक्रमण हटाएको, नाला निर्माण, विजुलीको पोल सार्ने कार्य, शहरी विकास परियोजनाको अवरुद्ध कार्यलाई सुचारु गराइएको, तिन वटा पोखरीमा सुर्य मन्दिरको निर्माण भईरहेको, लालबकैया नदीको बाँधको चार स्थानमा आरसिसि ढलान गराएको, धेरै दिन देखि अलपत्र अवस्थामा रहेको झुलुंगे पुलको निर्माण कार्य पुरा गराएर उदघाटन गरिएको, शिक्षाको क्षेत्रमा विद्यालयहरुमा नियमित रुपमा निरीक्षण गरेर सुधार गर्दै ल्याएको, स्वास्थ्य क्षेत्रमा सिसवामा बर्थिंग सेन्टर, वडा नम्वर १ मा ल्याव संचालनमा ल्याइएको, प्रादेशिक अस्पतालमा पनि धेरै सुधार ल्याइएको, सरसफाईको क्षेत्रमा नियमित रुपमा इ रिक्साको ल्याएर फोहर ब्यवस्थापन गरिदै आएको, बारुण यन्त्र क्षतिग्रस्त भएपछि बैकल्पिक व्यवस्था गरिएको लगायतका बहुसंख्यक कार्यहरु गरिएको उनले जानकारी गराए ।
नगरवासीहरुको साथ र सहयोग यसरी नै जारी रहयो भने गौर राइस मिल्सको जग्गालाई चाँडै अधिग्रहण हुने, सडक, नाला, विजुली, शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाईको क्षेत्रको साथै बरहवा ताललाई पर्यटकिय क्षेत्रमा व्यवस्थित गराएर यहाँका व्यवसायीक क्षेत्रलाई समेत टेवा पुर्याउने कार्यमा हामी दिर्घकालिन होस भनेर काम गर्ने मेयर साहले प्रतिबद्धता जनाए । २०७९ साल जेठ ६ गते गौर नगरप्रमुखको कार्य भार सम्हालेका शम्भु साहले एक बर्षको अवधीमा गौर नगरमा विकास निर्माण कार्य देखि लिएर नगरवासीको इच्छा, आकाँक्षा माथि खरो उत्रिदै कार्य सम्पादन मूल्याँकनको दृष्टिकोर्णबाट मधेश प्रदेशको १३६ पालिकामा उत्कृष्ट पालिकाको उपाधी प्राप्त गर्न सफल भएका हुन् ।
कार्य सम्पादन मूल्याँकन र कार्य सम्पादन सुचक वापत गौर नगरपालिकाले ६५.१९ अंक प्राप्त गरेर प्रदेशमै उत्कृष्ट नगरपालिकाको उपाधी पाएकोमा गर्व महसुस गर्दैै गौर नगरपालिकाको नगरप्रमुख शम्भु साहले प्रदेशको १३६ पालिकाहरुमा उत्कृष्ट हुँदा गौर नगरका नागरिकहरुलाई गर्व गर्ने अवसर प्राप्त भएको हुँदा आफूलाई निकै हर्षित बनाएको बताए ।
हामी चाहन्छौ मुलुकभरीकै पालिकामा उत्कृष्ठ नगरपालिकाको १० पालिकाको सूचि भित्र ल्याउने आफू हर सम्भव प्रयास गर्ने छु उक्त कार्यमा नगरवासी सहित यहाँका सवै पार्टीका नेता एवं कार्यकर्ताहरुको साथ सहयोगको अपेक्षा गरे ।
सो पत्रकार सम्मेलनमा गौर नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत शुभाष ठाकुरले नगरप्रमुख शम्भु साहको नेतृत्वमा जनप्रातिनिधिहरु, कर्मचारीहरुको अथक मेहनत तथा नगरवासीको स्नेह र सदभावको कारण गौर नगर मधेर प्रदेशमै उत्कृष्ट भएको गौरव समस्त नगरवासीले गर्नुपर्ने उनले बताए ।