रौतहट // बिश्व अहिले करोना भाईरसले आक्रान्त बनेको छ। लाखौंले ज्यान गुमाइसकेका छन्। अझै लाखौ ज्यान करोनाको प्रकोप संग लडिरहेका छन्।
हाम्रो देश नेपालमा पनि संक्रमितको संख्या दिनानुदिन बढिरहेको छह भाइरसलाई थप फैलन नदिनका लागि सरकारले लकडाउनको घोषणा गरी पटक पटक सो लकडाउन लम्बाउने कार्य गरेकोछ। यसै संगै मुलुकको आर्थिक अवस्था पनि खस्दै गएको छ। मजदुर बिपन्नको जीवन शैली पिडादायी र कष्टकर बन्दै गएको स्थित छ।
त्यसमा पनि अपाङ्गता भएका व्यक्तिहरू अवस्था झन् कष्टकर बनेको छ ।यसै संगै स्थानीय सरकार देखि एनजीओहरूले राहत र सहयोग गर्न लागि परेका छन्।
काठमाण्डौंमा रहेको छाँया नेपाल नामक गैरसरकारी संस्थाले त्यस परोहा नगरपालिका भित्रका सबै अपांगता,एकल महिला,बिपन्न ,दलित , भएका व्यक्ति र चुल्हो बल्नै गाह्रो परेका अति विपन्न परिवार छनौट गरी जम्मा १६० जान परिवारलाई खाद्यान्न उपलब्ध गराएको हो ।सथै स्वास्थ्य चौकी बसन्तपट्टी १२ PPE, 40 KN9 MAX,थर्मामिटर र जिल्ला अस्पताल गौरमा ४०PPE, kn9 max,थर्मामिटर आदी राहतमा बितरण गरेको छ ।एक परिवार बराबर २५ किलो चामल, २ किलो दाल, १ लिटर खानेतेल, १ पोका नुन, एक थान झुल र एउटा डिटोल साबुन प्रदान गरिएको छा या नेपाल का कार्यकारी निर्देशक कमल थापाले जानकारी दिए । सहयोगी संस्था छायाँ नेपालका प्रतिनिधि राजेश साह,नेपाल पत्रकार महासंघका रौतहट शाखा अध्यक्ष रबिन्दर प्रसाद साह पत्रकार शलेन्द्र झा, जनकपुर टुडे पत्रकार राकेश यादव, पत्रकार दिलिफ पाण्डे इस्तियाक अमहद उपस्थित भएका थियो।