रौतहट १६ असार । सतारुढ नेकपाले गरेको नागरिकता बिधियेक सम्बन्धी निर्णय प्रती बिरोध जनाउदै आज गौरमा जनता समाजवादी पार्टीले बैबाहिक अङ्गिकृत नागरिकताको प्रबाधानमा प्रस्तावित नागरिकता सम्बन्धी प्रबधान फिर्ता लिन माङ्ग गर्दै जनता समाजवादी पार्टी रौतहटले गौरमा बिरोध प्रदर्शन गरेको छ।
गौरको मधेशि क्रान्ती चौक बाट सुरु भएको बिरोद रेलिले गौर बजार परिक्रमा गरेको थियो ।
बिदेशी बुहारिलाई ७ बर्ष पछि मात्रै नागरिकता दिने प्राबधानले नेपाल भारत बिचको बेटि रोटिको सम्बन्धमा आच आउने र मधेशीलाई प्रत्यक्ष असर पर्ने भन्दै तत्काल निर्णय सच्चायाउन माङ्ग गरिएको छ।
गौर नगर का मयेर अजय गुप्ताले आफ्नै देशमा पटक पटक नेपालीको प्रमाण पेश गर्नु परेको भन्दै यस्तै अवस्था रहे आफुहरुले राष्टियताको बिसयमा सोच्न बाध्य हुने बताउनु भयो।वहाले नेकपाले मधेशप्रती चरम विभेद गरिरहेको भन्दै सोही पार्टीका मधेशी नेताहरुलाई समेत आवाज उठाउन आह्वान गर्नु भएको छ।
बिरोध प्रदर्शनको क्रममा प्रदेश सभासद मा. बाबुलाल साह, मा.फुलबाबु ,मा.किसोरी यादव ,गौर नगरपालिकाका नगर प्रमुख अजय गुप्ता,देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेल,गौर नगरपालिकाका उप प्रमुख किरण ठाकुर,नेता अनिल सिंह रेवान्त झा ,शेख जम्शेद ,किरन साह, कन्थ्मुनी जयसाअल ,रिना कुश्वाहा,विद्यार्थी नेता ओप्रकास मदेसिया, युवा नेता राजकुमार दास , मिथिला खान ,बिना कुसवाहा,बिबेक यादव,अनिल यादव लगयातकाहरुको उपस्थिती रहेको थियो।