भन्सार चोरी पैठारी गरी ल्याईएको सुर्ती र कपडा बरामद”

1643

अभय दुबे कलैया ।। बाराको विश्रामपुर गाउँपालिका वडा नम्बर २ कल्यानपुरमा भारतबाट नेपालतर्फ चोरी पैठारी गरि अवैध रुपमा सुर्ति तस्करहरूले थुपारी राखेको भन्ने प्राप्त सूचनाको आधारमा मिति २०७७/०३/१६ गते बिहान अं.०५:०० बजेको समयमा ईलाका प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी टोलीले जिल्ला बारा विश्रामपुर गा.पा.वडा नं.०२ कल्यानपुर टोल स्थित दशगजा क्षेत्र नजिकै पुग्दा भारतबाट चोरी पैठारी गरि नेपाल तर्फ ल्याई तस्करहरूले थुपारी राखेको अन्दाजी मुल्य १ लाख ५० हजार बराबरको १० बोरामा (अं.२ क्विन्टल) सुर्ति र कपडा समेत प्रहरी टोलीलाई देखी छाडी भागी फरार भएकोमा उक्त सुर्ति,कपडा बेवारिसे अवस्थामा बरामद गरी आवश्यक कारवाहीको लागि मूल भन्सार कार्यालय विरगञ्ज पर्सामा पठाइएको छ । ईलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक ओमप्रकाश यादवले जनाएको छ ।