सवै कार्यपालिका सदस्यहरुलाई सुसुचित गर्दैै नगरसभा गर्न लागेको :– अधिकृत कायस्त

1720

रौतहट ।। नेपालको संविधानले देश भरीका स्थानिय सरकारहरुलाई प्रत्येक आर्थिक वर्षको असार १० गते भित्र नगरसभा गरि सक्नु पर्ने व्यवस्था अनुसार पुर्व सुचना गर्दैै भोली १० गते चौथो नगरसभा गरिन लागेको माधवनारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्तले बताएका छन् ।

कोरोनाको कहरबाट जोगिन नेपाल सरकारले जारी गरेको लकडाउनलाई मध्य नजर गर्दै माधवनारायण नगरपालिकाका सम्पुर्ण कार्यपालिका सदस्यहरुलाई मिति २०७७ जेठ ३० गतेको पत्र साथ चौधो नगर सभा असार १० गते हुने बोर्डको निर्णय अनुसारको सुचना तथा जानकारी गराईएको अधिकृत कायस्तले बताए ।
केही संचारमाध्यले समाजिक संजालमा कुनै सुचना जारी वा जानकारी नगराउदै चौथो नगरसभा गर्न लागेको विभिन्न स्ट्टस राखिएको प्रति हाम्रो ध्यानार्कषण भएको र त्यो स्ट्टस कपोकलपीत भएको अधिकृत कायस्तले जनाए ।
यस सम्बन्धमा माधवनारायण नगरपालिका वार्ड न ८ का वडा अध्यक्ष जितेन्द्र प्रसादले, हामीले निर्णय गरि नगरसभा गर्न लागेको भन्दै, नगरसभा हुने वारेमा सम्पुर्ण सदस्यहरुलाई एक हप्ता अगावै नै जानकारी गराईएको र त्यस अनुसार हाम्रो विभिन्न चरणको छलफल जारी रहेको बताए ।
त्यस्तै वाड नं. ६ का वडा अध्यक्ष राजिव यादवले, नगरसभा वारे हामीलाई जानकरी पहिलानै भएको र बजेट वाडँफाँट लागतयका नगरसभा सम्पन्न गर्नको लागि विभिन्न चरणमा छलफल भैरहेको प्रतिक्रिया दिदै, आफ्ले चालु आर्थिक वर्षको सम्पूर्ण आय व्यय नगरसभामा प्रस्तुत गर्नु पर्ने मागँ समेत राखेको र त्यस वारे बैठकमा छलफल समेत भएको बताए ।

चौधो नगरसभा वारेको सुचना, माधवनारायण नगरपालिकाको वेवसाईट, फेसबुक पेज, फेसबुक लाईक पेज सहित प्रत्येक वडाका विभिन्न स्थानहरुमा समेत टाँस गरिएको छ ।
रौतहटमा १६ नगरपालिका र २ गाउँपालिका रहेको छ जस मध्ये समाचार तयार गर्दै गर्दाको समय सम्ममा मात्र दुई स्थानिय तह परोहा नगरपालिका र माधवनाराण नगरपालिकाले भोली असार १० गते नगरसभा गरिन लागेको सुचनाहरु प्रकासीत भएको देखिन्छ ।