रौतहट ।। सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नेपाली पुरुषसंग विवाद गर्ने विदेशी महिलालाई सात बर्षपछि मात्र अंगीकृत नागरिकता दिन नागरिकता संशोधन ऐन विधेयक ल्याउने सहमती जनाएपछि जनमत पार्टीले नेकपाद्धारा नागरिकता सम्बन्धी गरिएको निर्णय प्रतिलिपीलाई गौरको विपी चोकमा विरोध जनाएको हो ।
रौतहट जनमत पार्टीको नेता बिकास कुमार यादवले वैवाहिक अंगीकृत नागरिकता सम्बन्धी नेकपाको निर्णय सच्याउनु पर्ने माँग गरेका थिए । प्रदर्शनमा सहभागी रौतहट जनमत पार्टीको नेता कार्यकर्ताले सरकार र नेकपा विरुद्ध पनि नाराबाजी पनि गरेका थिए । नेकपाले गरेको निर्णय महिला विरोधी रहेको भन्दै जनमतको नेताहरुले यो निर्णय अनुसार नागरिकता ऐन संशोधन भएमा विदेशी बुहारी महिला माथि विभेद र हिंसा बढ्ने बताएका थिए । प्रदर्शनमा सहभागी जनमतको नेता यादवले केपी ओलीको दल नेकपा र उसको नेतृत्वको सरकारले मुलुकमा कम्युनिष्ट शासन लाद्न नागरिकता ऐनमा संशोधन गर्ने षडयन्त्र गरिरहेको आरोप लगाए ।
बैवाहीक अंगीकृत नागरिकता सम्बन्धि अहिलेको प्रावधान नयाँ होइन, पन्चायतकाल र बहुदलमा पनि यहि प्रावधान थियो, उनले भने, अन्तरिम संविधानमा पनि यहि प्रावधान थियो, अहिलेको संविधानमा पनि छ । अहिलेको नागरिकता ऐन संशोधन गरियो भने भारतबाट मात्र नभइ अरु देशबाट पनि विहे गरेर आउने महिला ७ वर्ष सम्म अनागरिक भएर बस्नु पर्ने बाध्यता हुने भएकाले जनमत पार्टीले यसको विरोधमा आन्दोलन थालेको रौतहट जनमत पार्टीको सचिव बिकास यादवले बताएको छ । नेकपाको उक्त निर्णयका विरुद्ध जनमत सडक आन्दोलनमा उत्रिसकेकाले त्यो कदापी सफल हुन नदिने चेतावनी पनि उनले दिए ।
नेपाल र भारत बिचको सदियौं देखिको रोटी बेटीको सम्बन्ध बिगार्न कम्युनिष्ट नेतृत्वको सरकार र नेकपाले नागरिकता ऐनमा संधोशन गर्ने चलखेल गरेको यादवले बताए। ‘नेकपाले दुइ बिचको वैवाहिक र सांस्कृतिक सम्बन्धलाई बिगार्न खोजेको छ’, उनले भनिन् , ‘विदेशी बुहारीलाइ ७ वर्ष पछि मात्रै अंगीकृत नागरिकता दिने प्रावधान हामी कदापी मान्दैनौ, त्यसका विरुद्ध जे जस्तो त्याग गर्नु पर्छ हामी तयार छौ ।
’विरोध प्रदर्शनमा जनमत पार्टीको बरिस्ठ नेता लगायतका नेताहरु र अधिकारकर्मीहरुको उपस्थिति रहेको थियो ।