रौतहट // भारतको दिल्लीमा भएको मुस्लिम धार्मिक सभामा भाग लिन गएकामध्ये रौतहटका १७ जना रहेको पुष्टि भएको छ ।सबै जनालाई दिल्लीस्थित नुरेला मुस्लिम ट्रस्टको क्वारेन्टिनमा राखिएको जनाइएको छ। दिल्लीको क्वारेन्टिनमा रौतहटको चन्द्रपुरका मोहम्मद महबुब दर्जी, करुनियाका शेख सेराजुल हक, जिंगडियाका महमद सेर अलि, विर्ताका शेख वहाव, शेख अनसार, शेख इसराइल र इब्राहिम छन्।
रौतहटको भुसहाका शेख जुवैर, तैयब खाँ पैठान, शेख अनसार, शेख इसराइल र जहुर आलम छन् भने प्रतापपुर पल्टुआका शेखर नुर महम्मद र खुर्सिद शेख पनि दिल्ली क्वारेन्टिनमा छन्।दिल्ली क्वारेन्टाइनमा राजपुर–६ कुडियाटोलका मोहराम मिया, शेख बसिर, शेख सागिर आलम, शेख नेक महमद तथा राजपुर ७ अकोलवाका मोहम्मद सामि आलम छन्।दिल्लीस्थित नुरेला मुस्लिम ट्रस्टको क्वारेन्टाइनमा रौतहटका १७ जना सहित बाराको निजगढ र अन्यत्रका थप चार जना पनि छन्।
दिल्लीको धार्मिक सभामा भाग लिएर फर्केको आशंकामा रौतहटका ११ जनालाई पर्सा प्रहरीले नियन्त्रणमा लिई वीरगंजस्थित सिद्धार्थ माविको क्वारेन्टिनमा राखिएको बुझिएको छ।