रौतहट ट्राफिक प्रहरीलाई बृन्दावन नगरपालिकाद्वारा होडिङ्ग बोड हस्तान्तरण

1593

रौतहट ९ असार । रौतहट ट्राफिक प्रहरीले सवारी दुर्घटना न्युनिकरणका लागि होडिङ्ग बोड राखेको छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुर तथा बृन्दावन नगरपालिकाको सयुतm सहयोगमा विभिन्न स्थानमा होडिङ्ग बोड राखिएको हो ।

होर्डिङ्ग बोर्ड बारे बृन्दावन नगरपालिकाका निमित प्रमुख प्रशासकिय अधिकृत नागेन्द्र राय यादवले सडकको सुरक्षा र सबारी साधनको ब्यबस्थापन मिलाउन सक्दा मात्रै सबारी साधनको दुर्घटना कम हुने बताउका छन ।

बृन्दावन नगरपालिकाले सबारी साधनको ब्यबस्थापन गर्नको लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय संग मिलेर अघि बढने अधिकृत यादवले बताउनु भयो ।

साथै सडकको बिभिन्न क्षेत्रमा होर्डिङ्ग बोर्ड राख्दा सबारी साधनको दुर्घटनामा कमी आउने उदेश्यले होर्डिङ्ग बोर्ड हस्तान्तरण गरिएको छ । ट्राफिक प्रहरीको रहर, दुर्घटना रहित शहर तथा घुम्ती तथा राकिराखेको ठुलो सवारी साधन अगाडी वा पछाडीबाट बाटो नकाटौ लगायतका नारा अंकित होडिङ्ग बोड राखेको निमित प्रमुख प्रशासकिय अधिकृत यादवले बताए । बृन्दावन नगरपालिकाको विभिन्न स्थानमा ट्राफिक सचेतनाका लागि होडिङ्ग बोड राखिएको नगर प्रमुख रामसेनही यादवले बताउनुभयो ।

ग्रामिण भेगमा ट्राफिक नियमको उल्लघन र सवारी दुर्घटना हुने गरेकाले चेतनाका लागि होडिङ्ग बोड राख्नु परेको उहाँको भनाई छ । दुर्घटना न्युनिकरणका लागि सचेनामुलक नारा अंकित होडिङ्ग बोडले दुर्घटना न्युनिकरणमा कमि आउने उहाँले विश्वास गर्नुभयो ।

ग्रामिण भेगमा ट्राफिक नियमको उल्लघनका घटना बढि हुने गरेकाले स्थानिय तहको समन्वयमा विभिन्न स्थानमा यस्ता किसिमको होडिङ्ग बोड राखिने जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।