रौतहटको नजरपुरमा स्वास्थ्य शिविर सम्पन्न

197

रौतहट, १८ फागुन । नेपालमै शाकाहारी गाउँको रुपमा प्रख्यात रहेका रौतहटको नजरपुरमा संचालन गरिएको निशुल्क आँखाको स्वास्थ्य शिविरमा ४१३ जना महिला पुरुषको आँखाको परिक्षण गरिएका छन् ।
नेपाल नेत्र ज्योती संघ गौर आँखा अस्पताल गौरद्वारा आयोजित भएको निशुल्क स्वास्थ्य शिविरमा ४१३ जना महिला एवं पुरुषहरुको आँखा परिक्षण गरेर निशुल्क रुपमा चश्मा, औषधी वितरण गर्नुका साथै शैल्यक्रिया गर्नुपर्ने विरामीहरुलाई गौर आँखा अस्पतालमा ल्याएर शैल्यक्रिया गरिने शिविरका कार्यक्रम संयोजक सत्येन्द्र पाण्डेले जानकारी दिएका हुन् ।
१२८ जना विरामीलाई औषधी, १७८ जनालाई चश्मा र ४५ जनामा देखिएको मोतियाबिन्दुका विरामीलाई लेन्स सहितको शैल्यक्रिया निशुल्क रुपमा आफ्नै सवारीसाधानबाट नेत्र ज्योती संघ गौर आँखा अस्पतालले ल्याएर गर्ने समेत कार्यक्रम संयोजक पण्डेले भने ।
नेपालमै शाकाहारी गाउँको रुपमा प्रख्यात रहेका चन्द्रपुर नगरपालिकाको नजरपुर गाउँमा शिविर संचालन अगावै मधेश प्रदेश सरकारमा पर्यटन मन्त्री सुनिता यादवले उक्त शिविर संचालन गर्नु अगावै कृष्ण मन्दीरमा माला चढाएर सुरुआत गरिएको उनले बताए । भव्यरुपमा स्वास्थ शिविर लगाएर सेवा प्रदान गरी महत्वको जनकारी गराउदै सम्पुर्ण सहयोगि हातहरुलाई स्थानीय समाजसेवी तारा सापकोटाले धन्यबाद ज्ञापन गरे ।