राजपुर नपालाई आसमान नेपालको स्वास्थ्य सामग्री

1463

रौतहट बैशाख १२ । समाजिक उत्थानको लागि काम गर्दै आएको आसमान नेपालले रौतहटको राजपुर नगरपालिका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ । शुक्रबार विश्व भरी नै महामारिको रुपमा फैलिरहेको कोरोना भाईरस कोभिड—१९ बाट बच्न तथा नियन्त्रणको लागि डब्लु एच एच को सहयोग र आसमान नेपाल (उत्थान परियोजना) को सहकार्यमा राजपुर नगरपालिका सयकडौं थान स्वास्थ्य सामग्री सहयोग गरेको हो । आसमान नेपालका जिल्ला संयोजक हरेराम ठाकुरद्वारा राजपुर नपाका नगर प्रमुख मो. सकिल अख्तर, कार्यालय प्रमुख बैजु ठाकुर र स्वास्थ्य संयोजक मो. कहफूल वारालाई हस्तानान्तरण गरिएको हरेन्द्र साहले बताए । सहयोग सामग्रीहरुमा
सेनिटाइजर (सानो) ३० थान, सेनिटाइजर ठूलो ७० थान, मेडिकेटेड मास्क १६०० पिस, एन९५ मास्क १५ पिस, थर्मोगन ५ पिस, ग्लप्स १००० पिस उपलब्ध गराएको साहले बताए ।

त्यस्तै राजपुर नगरपालिकाको क्वारेन्टाइनमा बेड सिट १५ पिस, झुल १५ पिस, तावेल १५ पिस, बल्याङ्गकेट १५ पिस, सेनेटाइजर १५ पिस, सेन्डलस १५ पिस, प्लेट १५ पिस, डस्टबिन १५ पिस, स्पाँन्ज १५ पिस, बोल १५ पिस, ग्लास १५ पिस, पिल्लो विध कभर १५, तुथ ब्रस ५० पिस, तुथ पेस्ट ५० पिस र साबुन ५० पिस उपल्बध गराएका हुन ।
जिल्ला लगायत देशभर कोरोनाको संक्रमण बढे संगै आसमान नेपाल (उत्थान परियोजना) को यो कदम एकदम सरहानिय रहेको अधिकृत बैजु ठाकुरले बताए । ठाकुरले आसमान नेपाल र डब्लु एच एच लाई विशेष धन्यवाद दिए । यो सामग्री भोलि पर्सीमा नै कोरोनाबाट बढी प्रभावित रहेको क्षेत्रको जनतालाई उपलब्ध गराउने अधिकृत ठाकुरले प्रतिबद्घता जनाए ।

यस अघि पनि आसमान नेपाल र डब्लु एच एच ले विभिन्न स्थानिय तह, जिल्ला र प्रादेशिक सरकारहरु संग समन्वय गरि विभिन्न शिर्षकमा काम गर्दै आएको छ ।