वीरगञ्ज,२५ साउन । पर्साको वीरगंजमा रहेका अस्पतालहरुले उपचार गर्न नमानेपछि एक युवतीले ज्यान गुमाएको विरुद्धमा अस्पतालविरुद्ध स्थानीयहरुले प्रदर्शन गरेका छन् ।
स्थानीयहरुले आइतबार नारायणी अस्पताल अगाडि प्रशासन विरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् । प्रदर्शनमा सहभागीहरुले वीरगञ्जका अस्पतालहरु ज्यानमारा भएको आरोप लगाएका छन् ।
उनीहरुले अस्पतालहरु पैसा कमाउनको लागि मात्रै खोलिएको भन्दै महामारीको बेलामा आम जनतालाई सेवा दिनु पर्नेमा उल्टै बिरामीलाई भर्ना नै नगरेर फर्काइ दिने गरेकोले यस्ता अस्पताललाई कडा कारवाही गर्नुपर्ने माग समेत गरेका छन् ।
अस्पतालको लापार्वाहीका कारणले नै वीरगञ्ज छपर्कैयाका २० वर्षकी युवतीले उपचारको अभावमा ज्यान गुमाउनु परेको भन्दै उनीहरुले यस्तो अस्पताललाई कारवाही गर्न माग गरेका थिए ।