अध्यक्ष साहको सक्रियतामा राजधानीबाट १११ जना पालिका बासिलाई ल्याइयो

1257

रौतहट, १२ वैशाख । कोरोना भाईरसको कारण लकडाउनको समयमा राजधानीमा रहेका १११ जनालाई उद्धार गरेर रौतहटको दुर्गा भगवती गाउँपालिका शुक्रवार विहान ल्याइएको छ ।
कोभिट – १९ पत्ता लगाउन प्रारम्भीक जाँच गर्ने रेपिड किटको अभावमा विना परिक्षण गरी राजधानीबाट आएकाहरु महिला, पुरुष, बालबालिकाहरुलाई आ आफनो घरमै होम क्वारेन्टीनमा बस्ने शर्तमा घर पठाइएका छन् ।
दुर्गा भगवती गाउँपालिकाका बासिन्दाहरु विभिन्न कामको शिलशिलामा राजधानी काठमाण्डौमा रहेको तर विश्वव्यापी फैलिएको कोरोना भाइरसको कारण मुलुक लकडाउनको अवस्थाबाट गुज्रिरहदा कामधन्धाहरु बन्द भई खान लौउन धौ धौ परिरहदा गाउँपालिका प्रमुखलाई पटक पटक गुहार लगाएपछि दुई वटा बस पठाएर बालबालिका १३, महिला ४० र पुरुष ५८ गरी १११ जनालाई काठमाण्डौबाट दुर्गा भगवती गापाको सरस्वती माध्यमिक विद्यालयमा रहेको क्वारेन्टीनमा ल्याइएको हो ।
गाउँपालिकाबाट व्यवस्थापन गरिएको वसमा बस्नेहरुलाई मास्क लगायतका आवश्यक सामग्रीहरु उपलब्ध गराएर यहाँ सम्म ल्याइएको गाउँपालिका अध्यक्ष अरुणकुमार साहले जानकारी दिए । लकडाउनको कारण वेरोजगार भएका जनताहरु एक महिना सम्म जिवन यापन जेनतेन गरे तर आब खान, घरभाडा तिर्न निकै गाह्रो हुनथाले पछि उनीहरुको अभिभावकको आग्रहमा बस पठाएर ल्याएको स्पष्ट पारे ।
सरस्वती माध्यमिक विद्यालयमा रहेका क्वारेन्टीनमा राजधानीबाट आएका महिला, पुरुष र बालबालिकाहरुलाई थर्मल गनबाट टेम्प्रेचर मापन गरी लगत संकलन गरिएको, होम क्वारेन्टीनमा बस्ने पत्रमा हस्ताक्षर गराइएको जानकारी दिदै गापा अध्यक्ष साहले उनीहरुको रेपिड टेष्ट गरेर पठाउनुपर्ने थिए तर यहाँ उक्त जाँच गर्नका लागि किटको अभाव रहेको स्पष्ट पारे ।
रेपिड टेष्ट गर्न किटको लागि जिल्ला स्वास्थ्य कार्यालय गौर र प्रमुख जिल्ला अधिकारीलाई उपलब्ध गराइदिन आग्रह गर्दा उहाँहरु पनि सक्षम नरहेको हुँदा होम क्वारेन्टीनमा बसे पनि परिवारको सम्पर्कमा नआउने शर्तमा घर पठाइएको अध्यक्ष साहले बताए ।
यसैगरी रौतहटको देवाही गोनाही नगरपालिकाले पनि राजधान काठमाण्डौमा बस पठाएर ३७ जना नागरिकलाई उद्धार गरेर पालिकामा ल्याइएको नगर प्रमुख धर्मेन्द्र पटेलले जानकारी दिदै अन्य व्यक्तिहरुको लगत संकलन भईरहेको हुँदा आवश्यक्ता परेमा बस पठाउने बताए ।
इशनाथ नगरपालिकाले पनि राजधानीबाट २५० जनालाई ल्याउन लगत संकलन गरिएको मध्ये भोली विहान ७४ जना पालिकामा आईसक्ने नगर प्रमुखको भाई मोहन मेहताले जानकारी दिए । निशुल्क रुपमा ल्याउने यात्रुहरुलाई मास्क, सेनेटाइजर, खाना नास्ताको सुविधा दिएर ल्याएने स्पष्ट पारे । तिन दिन भित्र २५० जनालाई ल्याउन नगरपालिकाबाट आवश्यक गृह कार्य भएको बताए ।
प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले अहिले सम्म राजधानीबाट रौतहटमा कति जना आएको वारे यकिन तथ्यांक प्राप्त नभएको, आउने क्रम जारी रहेको हुँदा तिन दिन पछि आधिकारीक विवरण आईपुग्ने बताए । जिल्लामा रेपिड किट अभाव भएपछि प्रदेश संग माग गर्दा त्यहाँपनि अभाव रहेको हुँदा जिल्लामा रेपिड टेष्टको किट आउन अझ एक साता भन्दा बढि लाग्ने जानकारी दिए । काठमाण्डौबाट आएका व्यक्तिहरुलाई होम क्वारेन्टीनमा राखेर निगरानी गर्नुपर्ने किट आएपछि बल्ल टेष्ट गर्न पालिकाहरु संग आग्रह गरिएको उनले बताए ।