गौर नगरपालिका -५ ले वडा न ९ लाई ७७ रनले पराजित गरि बिजयको सुरुवात

1868

रौतहट ।। रौतहट जिल्लाको सदरमुकाम गौरको राइस मिल्स ग्राउन्डमा सुरु भएको मेयर कप च्याम्पियनसिपको पहिलो खेलमा गौर नगरपालिकाको वडा न ५ ले वडा न ९ लाई ७७ रनले पराजित गरि बिजयको सुरुवात गरेको छ ।

गौर नगरपालिकाको आर्थिक सहयोग र रौतहट जिल्ला क्रीकेट संघको आयोजनामा मेयर कपको आज गौर नगरपालिकाको मेयर अजय गुप्ताले उद्घाटन गरेको छ ।

गौर नगरपालिकाको ९ वटा वडाको टिम यश प्रतियोगितामा सहभागिता जनाएको छ ।शुक्रबार खेलिएको पहिलो खेलमा टस जितेर पहिलो ब्याटिङ गरेको वडा न ५ ले १६१ रन बनाउनको लागि आफ्नो २ विकेट गुमाएको थियो ।

उक्त उद्घाटन कार्यक्रममा नगरपालिकाका मेयर अजय गुप्ता, उपमेयर किरण ठाकुर, जिल्ला क्रीकेट संघ रौतहटको अध्यक्ष पवन साह, गाैर नगरपािलका वडाका वडा १ का अध्यक्ष भरत साह,राकेश कुमार झा,श्यामसुन्दर पटेल,भुनेश्वर साही,राम स्वार्थ यादब,शेख जमशैद,मजहर खाँ,जनार्धण साह,माेहन सिह लगायत सञ्चारकर्मिहरुको उपस्थित रहेको थियो ।