पत्रकार मिश्राद्धारा बिपन्न परिवारलाइ सहयाेग

1244

रौतहट १२ बैशाख । रौतहट स्थित कटहरिया एफएमका प्रमुख पत्रकार संजय मिश्राले ब्यक्तीगत लगानीमा दलित तथा बिपन्न परिवारलाई राहत बितरण गरेका छन । बिश्वब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमण नियन्त्रण गर्न सरकारले गरेको लकडाउनको कारण सबै भन्दा बढी दैनिक ज्यालादारी गर्ने गरीब तथा बिपन्न परिवार प्रभावित भएका छन । जिल्लाको फतुवा बिजयपुर नगरपालिकाले हालसम्म राहत बितरण गर्न नसकेको अवस्थामा वडा ९ र ११ स्थित अती बिपन्न खोरिया भन्ने मुसहरीटोलमा पत्रकार मिश्राले राहत बितरण गरेका हुन । संसारमै संकट भईरहेको अवस्थामा सबैजना आ आफनो स्तर बाट सहयोग गर्नुुपर्ने प्रेरणाकोे निमित अति बिप्पन ४० परिवारलाई चामल, दाल,खानेतेल,आलु,सोयाबिन,नुुन लगायतका सामग्री बितरण गरेको पत्रकार मिश्राले जानकारी दिएका छन । कटहरिया एफएमका प्रमुख तथा रातोपाटीका रौतहट बारा सहकर्मी एवं रेडियो बिरगंजका रौतहट संबाददाता संजय मिश्राले प्रति परिवार १०किलो चामल,१ किलो दाल,२ किलो आलुु,१ किलो नुन र ५०० ग्राम सोयाबिन राहतको रुपमा बितरण गरेका छन । उक्त अवसरमा फतुुवा बिजयपुरका नगरप्रत्यासी सुुरेन्द्र यादव, नेपाल पत्रकार महांसघ रौतहटका उपसभापती उतमकुुमार उपाध्याय,पत्रकार कृष्ण तिवारी,समाजशेवी जयराम साह, प्रहरी प्रतिनिधीको समेत उपश्थिती रहेको थियो । फतुवा बिजयपुर वडा ९ र केही वडा ११ मा पर्ने खोरीया भन्ने मुसहरीटोलमा प्राय.. सबै परिवार सुुकुुम्बासी रहेका छन । उक्त टोलमा हालसम्म नगरपालिका लगायत कुनै पनी निकायले राहत बितरण गरेका छैनन ।Chat Conversation EndType a message…