क्रियाशिल दलित पत्रकार संघ नेपालको प्रथम रौतहट भेला

2025

चन्द्रपुर ५ माघ / रौतहटमा क्रियाशिल दलित पत्रकार संघ नेपालको प्रथम रौतहट भेला तथा जिल्ला तदर्थ समिति गठन गरिएको छ । जिल्लाको चन्द्रपुरको सगुन होटलमा आईतबार बिहान समिति गठन गरिएको छ । सो समितिका अध्यक्षमा राम प्रबेश बैठा , उपा अध्यक्षमा प्रदिप कुमार दास ( सम्राट ) , कोषा अध्यक्षमा जितेन्द्र दास, सचिवमा रौशन बैठा , सह सचिवमा राजेश कुमार पासवान ( निर्माणी ) सदस्यहरुमा दिपेन्द्र बैठा, सम्भु दास तत्मा, विश्वनाथ राम चमार , राजेश बैठा धोबि रहेको समितिका उपा अध्यक्ष प्रदिप कुमार दासले जनाएका छन । सो कार्यक्रममा विभिन्न मिडियाका पत्रकार, चन्द्रपुर ईलाका प्रहरीका डिएसपी हेम बहादुर साही, विशिष्ट अतिथि सक्रिय दलित पत्रकार संघको केन्द्रीय सदस्य मिलन बिक, प्रमुख अतिथि प्रहलाहद रामुदानु बिक, मधेश जन अवाज एफ एमका राजु कुमार श्रीवास्तव लगायतका सहभागीता रहेका थिए ।