सार्वजनिक स्थान र सडकमा किटनाशक औषधि छर्किए ; गौर नगरपालिका

1072

रौतहट ३० चैत । कोरोना भाइरस संक्रमण फैलिन सक्ने जोखिमलाई कम गर्न गौर नगरपालिकाले सार्वजनिक स्थान र सडकमा किटनाशक औषधि छर्किएका छन् । गौर नगरपालिकाले आफ्नो नगर क्षेत्र भरि औषधि छर्किने काम ट्याङकरले सुरु गरेको छ । ५ हजार लिटर पानीमा १०० लिटर क्लोरिन राखेर सार्वजनिक स्थलमा छर्किएको गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले बताए ।
बाक्लो बस्ती भएका क्षेत्र, अत्यावश्यक सामाग्री लिन चहलपहल धेरै हुने र अस्पताल क्षेत्रलाई प्राथमिकतामा राखेर सकेसम्म सेवालाई नगर भरि पुर्याउने रणनीतिका आधारमा काम भइरहेको नगर प्रमुख गुप्ताले बताए । नगरका मुल चोक, छेउछाउको गलि बजारलगायतका स्थानमा कीटाणुशोधन निस्संक्रामक औषधी छर्किएको उनले बताए ।