फतुहा बिजयपुर नगरपालिकाको चौथो नगरसभा उद्घाटनसत्र सम्पन्न

1588

रौतहट ३० असोज । रौतहट जिल्लाको फतुवा बिजयपुर नगरपालिकाले कुल ५७ करोड रुपैंयाको बजेट बिनियोजन गर्दै चौथो नगरसभाको उद्घाटनसत्र  सम्पन्न गरेको छ ।

शुक्रवार एक समारोहका बीच नगर प्रमुख गोपालप्रसाद यादवले सभाको उद्घाटनपछि संघ, प्रदेश र राजश्वबाट हुने आम्दानी सहित कुल ५७ करोड १३ लाख १३ हजार ८ सय १३ रुपैयाको बजेट बिनियोजन गरेका थिए ।

यस आर्थिक वर्षमा निजी स्रोतको आम्दानी,संघ र प्रदेशबाट विभिन्न शीर्षकमा आउने अनुलानका साथै गत आर्थिक वर्षको नगरपालिकालाई प्राप्त अनुदान र राजश्व मध्ये खर्चभई बाँकी रहेको ६ करोड, ७१लाख, ९६हजार दुईसय ३३ रुपैंया समेटिएको छ ।

आर्थिकबर्ष २०७७/०७८ को लागी ६ करोडको लागतमा नगरपालिका भवन निर्माण,कलकारखाना बाहेक नगरक्षेत्र भरीको बिधुत महशुल नगरपालिकाले तिर्ने , भौतिक पुर्वाधार निर्माण,सडक सञ्जाल,शिक्षा,स्वास्थ,कृषी,सिचाईलाई नगरसभाले  बिशेष प्राथमिक्तामा  राखेको छ ।

नगरसभा कार्यक्रमा मेयर गोपाल प्रसाद यादव,उपमेयर कान्तीदेवी महतो,वडा ७ का अध्यक्ष सुर्यनारायण खाँ थारुले शुभकामना मन्तब्य राखेका थिए । 

कार्यक्रमको संचालन फतुवा बिजयपुरका निमित प्रशासकिय अधिकृत प्रमोद गुप्ताले गरेका थिए भने स्वागत मन्तब्य कार्यपालिका सदस्य जेनजे लामाले गरेका थिए । नगरसभाले पारित गरेको प्रस्तावलाई बन्दसत्रले पारित गर्ने ब्यवस्था रहेको छ ।