रौतहट । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले विकास र सम्बृद्धमा सबै प्रदेश भन्दा अगाडि प्रदेश नं. २ रहेको बताउनु भयो । बोधिमाई नगरपालिका नगर कार्यपालिकाको कार्यालय सरमुजवा रौतहटले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा मुख्यमन्त्री राउतलाई १ सय ५१ किलोको मालालगाइ स्वागत गरेका छ्न । साईकल वितरण कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले भने सबै प्रदेश भन्दा बढि कृषि उबजाउ योग्य प्रदेश नं. २, सबै भन्दा बढि उधोग्य धन्दाका लागि प्रदेश नं. २, सबै भन्द बढि राजस्व दिने प्रदेश नं. २ कम बजेटमा बढि विकास गर्ने प्रदेश २ रहेको बताउनु भयो ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश सभा सदस्य रामकिशोर राय यादवले भने कृषि प्रधान प्रदेश नं. २ का यूवाहरुले यस प्रदेशमा काम नगरि विदेश गईरहेकोमा अतिनै दुःख लागेको बताउनु भयो । यस क्षेत्रमा खेतीपाती भईरहेकोले प्रदेश सरकारले किसानलाई कृषि क्षेत्रमा प्रोत्साहन गर्न आधुनिक सिचाई प्रविधिको विकास गर्न प्रदेश २ का कृषि मन्त्री शैलेन्द्र प्रसाद साह संग आग्रह गरे सो कार्यक्रमको अध्यक्षता गरिएको बौधिमाई नगरपालिकाका नगर प्रमुख राजिव रंजन यादवले भने प्रदेश सरकारले यूवाहरुलाई आत्म निर्भर बन्ने निति ल्याने प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत संग आग्रह गरे । साथै उनले मुख्यमन्त्री राउतलाई १ सय ५१ किलोको मालालगाइ स्वागत गर्नु भयो ।
कार्यक्रममा प्रदेश नं. २ का कृषि मन्त्री शैलेन्द्र प्रसाद साह, प्रदेश सभा सदस्य रामकिशोर राय यादव, विकास सभापति फुलबाबु राउत, देवाही गोनाहीका नगर प्रमुख धर्मेन्द्र पटेल, जिल्ला समन्वय समितिका उपसभापति रामबष्ठि राय यादव,माधव नारायण नगरपालिकाका नगर प्रमुख विरेन्द्र यादव, युवा नेता श्यामविहारी यादव, नेता बृजकिशोर यादव, नेता राजकुमार दास, बौधिमाई नगरपालिकाका उप प्रमुख प्रेमलाता कुशवाहा लगायतका नेता तथा हजारौं कार्यकताहरुको सहभागीता रहेको थियो ।