टाटा सुमो र मोटरसाईकल एकआपसमा जुध्दा दुई जनाको मृत्यु

33
सांकेतिक तस्वीर

रौतहट । रौतहटको चन्द्रपुर–४ स्थित राजमार्गको पश्चिम धन्सार पुल नजिक पश्चिमबाट पुर्ब तर्फ आउदै गरेको टाटा सुमो र पुर्बबाट पश्चिम तर्फ जादै गरेको मोटरसाईकल एक आपसमा जुध्दा मोटरसाईकलमा सबार दुई जनाको मृत्यु भएको छ ।
निजगढबाट चन्द्रनिगाहपुर आउदै गरेको बाग्मती प्रदेश ०३–००१ च ५३१ नम्बरको यात्रुबाहक टाटा सुमो र चन्द्रनिगाहपुरबाट नीजगढ जादै गरेको प्रदेश १–०२–०४३ प ८०२५ नम्बरको मोटरसाईकल चन्द्रपुर नगरपालिका–४ धन्सार पुल नजिक एक आपसमा जुध्दा मोटरसाईकलमा सबार सुनसरी जिल्ला धरान उपमाहानगरपालिका–१५ निबासी ३३ बर्षिय तुलसी ओझा र मोरङ्ग जिल्ला सुन्दरहरैचा नगरपालिका–११ निबासी बिबस सापकोटाको मृत्यु भएको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।
प्रहरीले टाटा सुमो नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ भने मृतकको शब पोष्टमार्टमको लागि शव अस्पताल लगिएको छ ।