राजदेवी नगरपालिकामा उज्यालो अभियान कार्यक्रम

148
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; captureOrientation: 0; algolist: 0; multi-frame: 1; brp_mask:0; brp_del_th:0.0000,0.0000; brp_del_sen:0.0000,0.0000; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 3145728;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 44;

रौतहट — दृष्टिविहिनता न्यूनीकरणका लागि नेपाल नेत्रज्योति संघ गौर आँखा अस्पताल गौर–०८ पुरेनवा रौतहटले शुक्रबार राजदेवी नगरपालिकामा उज्यालो अभियान कार्यक्रम सञ्चालन गर्ने प्रस्ताव पेश गरेको छ।

स्थानीय सरकारसँगको सहकार्यमा सञ्चालित यस कार्यक्रममार्फत नेपाल नेत्रज्योति संघले दृष्टिविहिनता न्यूनीकरणमा योगदान पुर्‍याउने उद्देश्य राखेको छ।

कार्यक्रमको उद्घाटन सत्रमा नेपाल नेत्रज्योति संघ रौतहटका सभापति तथा गौर आँखा अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विजय कुमार सिंहले राजदेवी नगरपालिकाका नगर प्रमुख भिखारी प्रसाद यादवलाई प्रस्तावनापत्र हस्तान्तरण गरेका थिए।

उक्त कार्यक्रम समाजसेवी रेबत्त झाको विशेष पहलमा सम्पन्न भएको हो। कार्यक्रममा नगर प्रमुख भिखारी प्रसाद यादव, समाजसेवी पवन किशोर साह, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष विजय कुमार सिंह, र वरिष्ठ प्रशासक नागेश्वर चौधरीको उपस्थिति रहेको थियो।

कार्यक्रममा वरिष्ठ प्रशासक चौधरीले नेपाल, मधेस प्रदेश, रौतहट जिल्ला तथा राजदेवी नगरपालिकामा दृष्टिविहिनताको अवस्थाबारे जानकारी दिँदै उज्यालो अभियानको उद्देश्य, आवश्यकता र प्रभावबारे प्रकाश पारे।

नगर प्रमुख यादव र समाजसेवी साहले विगतका दिनहरूमा जस्तै आगामी दिनमा पनि गुणस्तरीय सेवाका साथ सहयोगलाई निरन्तरता दिइने बताउँदै, उज्यालो अभियानलाई जनताको घरदैलोमा पुर्‍याउन राजदेवी नगरपालिका एकजुट भएर अघि बढ्ने प्रतिबद्धता जनाए।