रौतहट, २१ फागुन । गरुडा नगरपालिकाको चौथो नगर अधिवेशनमा गरुडा क्षेत्रको वृहत्तर विकास गर्ने योजनाहरु छनौट गरिएको छ ।
विभिन्न बाधा अबरोधका विच नगरपालिकाको सभाकक्षमा आज चौथो नगर अधिवेशनमा विकास निर्माणको योजनाहरु छनौट गरी अधिवेशन सम्पन्न भएको हो ।
चौथो नगर अधिवेशनको उदघाटन गर्दै प्रदेश २ सरकारको भुमि व्यवस्था कृषि तथा सहकारी राज्य मन्त्री योगेन्द्र राय यादवले गरुडा जस्तो व्यापारिक प्रतिष्ठानहरु भएको नगरपालिकामा सबै दलहरु एकजुट भई यहाँको विकास निर्माणमा सहयोग गर्नुपर्ने आवश्यक्ता महसुस गरे ।
रौतहटको तेश्रो पुरानो नगरपालिकाको रुपमा रहेका गरुडामा जुन स्तरमा विकास हुनुपर्ने हो त्यसो नहुँदा चिन्ता व्यक्त गर्दै स्थानीय तहको बजेट र प्रदेश सरकारबाट पाउने बजेटबाट गरुडा नगरपालिकामा बाटो, खानेपानी, शिक्षा स्वास्थ्य, कृषि क्षेत्रमा लगानी गरेर यहाँका जनताहरुलाई समृद्ध बनाउने कार्यमा हातेमालो गरी अघि बढ्न सुझाव दिए ।
प्रदेश २ विकास समितिका सभापति अब्दुल कलाम अजादले विकास निर्माणको प्रचुर सम्भावना बोकेका गरुडा नगरपालिकालाई समृद्ध नगरपालिकाको रुपमा सथापित गराउन झिना मसिना एवं स्वार्थपूर्ण राजनिति परित्याग गरेर अघि बढ्न आग्रह गर्दै बादविवादबाट बिकासको गति अबरुद्ध हुने भएकोले काँग्रेस, नेकपा, राजपा, समाजवादी पार्टीहरु विकास निर्माणको कार्यमा सघाउ पुर्याएमा मात्रै सम्भव रहेको बताए ।
पूर्व साँसद बबन सिह, समाजवादी पार्टीका रौतहट इन्चार्ज वृजकिशोर यादव र नगरप्रमुख इन्नुराय यादवले केही व्यक्तिहरुको स्वार्थपूर्ण राजनितिका कारण चौथो नगर परिषदमा ढिलाई भएको स्पष्ट पार्दै हरेक किसिमको विवादको समाधान हुन्छ तर स्वार्थपूर्ण विवाद कहिल्यै समाधान नहुने भएको हुदा सवै स्वार्थ परित्याग गरेर नगरको विकास कसरी हुन्छ त्यस तर्फ लाग्न अपिल गरे ।
नेपाली काँग्रेसबाट निर्वाचित रहेका उपप्रमुख श्रीमती रंगीला देवी जयसवाल लगायत केही वडाध्यक्षहरु अधिवेशन सुरु भएपछि नगरप्रमुख राय र निमित्त प्रमुख प्रशासकीय अधिकृत मुस्ताक आलम सहितका केही जनप्रतिनिधिहरु नगरपालिकामा चरम भ्रष्टाचार गरिरहेको र नगरको विकास भन्दा आफनो नजिकको व्यक्तिहरुलाई उपभोक्ता समितिमा राखेर अनियमितता गरेको आरोप लगाइन । नगरको विकासको लागि नभइ नगरप्रमुखको अनियमितता ढाकछोप गर्नका लागि अघिवेशन भएको लाञ्छना लगाइन् । तेश्रो नगरअधिवेशनबाट छनौट भएका योजनाहरु कार्यान्वयन नभएपनि चौथो अधिवेशनमा योजनाहरु प्रस्तुत गरिएकोमा उनले आपत्ती जनाए ।
नपाको उपप्रमुख श्रीमती जयसवालले चौथो नगरअधिवेशन प्रति आपत्ति प्रकट गर्दै अधिवेशन वहिष्कार गर्दै अधिवेशन स्थलबाट बाहिरिए पनि अधिवेशनबाट नगरको वृहत्तर विकासको लागि जनताहरुको चाहना अनुसार विकास निर्माण गरिने निमित्त प्रमुख प्रशासकीय अधिकृत मुस्ताक आलमले जानकारी दिए ।
Home प्रदेश समाचार प्रदेश न. २ रौतहटको गरुडा नपाका उपप्रमुख रंगीलादेवी जयवालद्धारा चौथो नगरअधिवेशन वहिष्कार