१३ श्रवन २०७८
लैंगिक हिंशा ,कानुनि अवस्था र रेफरल पद्धति सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ l गौरमा रहेको होटेल साइमन को सभा हलमा सो कार्यक्रम सम्पन्न भएको हो l इस्लामिक रिलिफ नेपालको सहयोग र ग्रामिण बिकाश केन्द्र गौरको आयोजनामा संचालित सम्मान र न्यायिक समाज निर्माणको लागि महिला हिंशा न्यूनीकरण परियोजनाको क्रममा राजदेवी नगरपालिकाको बिभिन्न वार्डमा गठित समितिका महिला र युवा समितिका पदाधिकारीहरु समिल्लित उक्त अभिमुखीकरण कार्यक्रमा लैंगिक अवस्था , लिङ्ग र लैंगिकता बिचको सम्बन्ध, हिंशा सम्बन्धि कानुनि अवस्था र रेफरल पद्धति सम्बन्ध मा जानकारी गराइएको थियो l उक्त तालिकाको उदघाटन ग्रामिण बिकाश केन्द्र गौरका अध्यक्ष पारस हुसैनले गरेका थिए l उदघाटन गर्दै अध्यक्ष हुसैनले लैंगिक समनातानै बिकाशको मूल अधार रहेको बताउदै लैंगिक समानताको लागि सबैको भूमिका महत्वपूर्ण हुने बताएका हुन् l