स्रोत नखुलेको रकम सहित मानिस पक्राउ

65
रौतहट ।। प्रहरी चौकी मठिया महुलिया रौतहटबाट खटिएको प्रहरी चेकजाँच टोलीले जिल्ला रौतहट ईशनाथ नगरपालिका वडा नं.४ लतमरी स्थित सडक खण्डमा चेकप्वाईन्ट थापी आवत जावत गर्ने सवारी साधन तथा पैदल यात्रीहरु समेतको चेकजाँच गर्ने क्रममा भारतबाट नेपालतर्फ आउँदै गरेको भारतिय नम्बर प्लेटको BR05AN8117 नम्बर को मोटरसाईकल रोकी चेकजाँच गर्दा मोटरसाईकल चालक जिल्ला रौतहट ईशनाथ नगरपालिका वडा नम्बर ५ मा बस्ने राम चरण साहको छोरा बर्ष ३१ को सन्तोष कुमार साहको साथबाट स्रोत खुलाउन नसकेको नेपाली रुपैया जम्मा रु.२,००,९६०।– र भारतिय रुपैया जम्मा रु.७६५।- फेला परेकोले सो रकम सहित सन्तोष कुमार साह र BR05AN8117 नम्बरको मोटरसाईकल समेत नियन्त्रणमा लिई कारवाहीको लागी गौर भन्सार कार्यालयमा बुझाएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएका छन ।