रौतहट, २० फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा भित्र देखिएको विवादबाट अहिलेनै आत्तिहाल्नुपर्ने अवस्था नरहेको बताउनु भएको छ ।
देशको राजनिति राम्ररी ढंगबाट अगाडी बढीरहेको छ, पछिल्लो समयमा नेकपा भित्र देखिएको विवादबाट धेरै आत्तिहाल्नु पर्ने कारण नभएको टिप्पणी गर्दै उनले सामान्य विवादलाई हामी म्यानेज गर्नेर्छौ उनले भने । नेकपा पार्टी भित्रको विवादको मुल जड के हो र समाधान कसरी होला ? भने प्रश्नको जवाफमा उनले त्यस्तो ठूलो विवाद नरहेको प्रतिक्रिया दिए ।
संचारकर्मीहरुको प्रश्नको जवाफमा नेता नेपालले कोरोना भाइरस जस्तो महामारी लाई रोकथाम गर्न सिंगो विश्व समुदाय एकजुट हुनुपर्ने जरुरी रहेको छ । नेपाल सरकारले समयमै सजगता अपनाएकोमा प्रशंसनिय रहेको चर्चा गर्दै कोरोना भाइरसको प्रभाव नफैलियोस यदी फैलिहाले भने समयमै नियन्त्रण गर्नुपर्ने र त्यसको लागि विशेष व्यवस्थापन गर्न अति आवश्यक रहेको बताए ।
वरिष्ठ नेता नेपालले चिन संग सिमा जोडिएको नेपाल कोरोना भाइरस जस्ता महामारीको उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठन (डब्लु एच ओ) ले भनेपछि नेपाल सरकारबाट उक्त महामारीलाई नेपालमा फैलिन नदिन व्यापक संयमता अपनाई स्वास्थ्य क्षेत्रलाई व्यवस्थित बनाउनु पर्नेमा जोड दिए ।
रौतहटको गौरमा २००४ सालमा स्थापना भएका कलाकुञ्ज पुस्तकालयको भवन जिर्ण बन्दै गएपछि तराई मधेश समृद्धि कार्यक्रम र विभिन्न दात्री निकायको लगानीमा चार तल्ले भवनको वरिष्ठ नेता नेपाल, युएईका राजदुत एच इ सहिद हामदन अल नकबी र गौर नपाको मेयर अजयकुमार गुप्ता संयुक्त रुपमा मंगलवार शिलान्याश गरेका छन् ।
शिलान्याश पश्चात उपस्थित जनसमुदायलाई सम्बोधन गर्दै नेता नेपालले तत्कालिन शाणाकालिन समयमा गौरका केही सचेत वर्गको पहलमा कलाकुञ्ज पुस्तकालयको स्थापना गरिएका थिए । राणाहरुको निरंकुश शासन व्यवस्थालाई धारासायी बनाउने रौतहटको पवित्र भुमिबाट सुरु भएको क्रान्तिलाई यस कलाकुञ्ज पुस्तकालय प्रेरणा एवं मार्गदर्शको रुपमा अघि बढाएको थिया ।
आफू एसएलसी परिक्षा दिएर बसेको समयमा कलाकुञ्ज पुस्तकालयको नियमित ग्राहक बनेर पुस्तकालयमा रहेका इतिहास एवं राजनितिक शास्त्रको पुस्तकहरु पढ्ने गरेको चर्चा गर्दै प्रेमचन्द्रको साहित्यीक उपन्यास, जासुसी उपन्यास लिएर कयौ कितावहरुको अध्ययन गरको र एक दिनमा २ वटा सम्म कितावहरु पढेको स्मरण समेत गरे ।
हुलाकी राजमार्ग अन्तर्गत पर्ने वागमती नदीमा निर्माणाधिन अवस्थामा अलपत्र रहेको पक्कि पुलको चाँडै निर्माण कार्य पुरा गर्न नेपाल सरकार अगाडी बढेको बताउर्दै जिल्ला भित्र वागमती, लाल बकैया, झाझ लगायत विभिन्न नदीहरुमा लामो समय देखि निर्माणकै चरणमा रहेका पुलहरुलाई नियमित ढंगबाट पुरा गराउन सरकारको दायित्व त छर्दै छ तर व्यूरोक्रेटहरुको उदाशिनताका कारण पुलहरु नियमित समयमा पुरा नभएको टिप्पणी गरे ।
विकासको कार्यमा पार्टीगत धारणाबाट माथि उठेर सवै राजनितिक दलहरु एकजुट भई हातेमालो गरेर अघि बढेमा जिल्लाको विकास हुनेछ । रौतहटको शिक्षा क्षेत्रलाई सुधार्न आमुल परिवर्तनको खाँचो रहेको हुँदा एकजुट हुनुको कुनै विकल्प नरहेको उनले बताए । विदेशमा युवकहरु गएर अर्काको जुठो भाँडो सफा गर्नु पर्ने कार्यलाई बन्द गरी स्वदेशमै त्यती लगानी गरेर स्वाबम्बन एवं आत्मनिर्भर भएर रकम कमाउन सक्ने सिपको विकास गराउन स्थानीय तहको प्रमुख दायित्व रहेको आवश्क्ता महसुस गरे ।
सो कार्यक्रममा नेपालका लागि युएईका राजदुत एच इ सहिद हामदन अल नकबीले कलाकुञ्ज पुस्तकालय लगायत विभिन्न क्षेत्रमा सहयोग गर्न सधै युएई सरकार तयार रहेको बताए । जनचाहना अनुसार आएको प्रस्तावनालाई कार्यान्वयन गराउन नेपाली जनताको विकास निर्माणमा युएई सरकार सधै सकारात्मक भुमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए ।
डिजिटल पुस्ताकाल, जिम क्लव, कन्फरेन्स हल सहितको चार तल्ले पक्कि भवन तयार पार्न चार करोड ७५ लाखको लागत इष्टिमेट रहदा ७५ लाख तराई मधेश समृद्धि कार्यक्रमबाट आएको बाँकी चार कराड रकम दात्रि निकायबाट चाँडै आउने कुरा कलाकुञ्ज भवन निर्माण समितिका अध्यक्ष रामप्रताप यादवले जानकारी दिए ।