वीर दल गण राैतहटले स्वास्थ्य शिविर गर्ने

323

बैशाख १४ गते प्रेमचन्द्र झा
राैतहट।नेपाली सेना वीर दल गण राैतहटले स्वास्थ्य शिविर गर्न लागेका छन । जिल्लाका उतरी भेग चन्द्रपुर नगरपालिकाका विभिन्न ६ वटा वडाका सर्वसाधारण जनतालाई लाभान्वित गराउने उदेश्यका साथ शिविर गर्न लागेकाे गणपति प्रमुख सेनानी गंगा बहादुर विष्टले बताए ।चन्द्रपुर नगरपालिका वडा नम्बर ८ स्थित शिवशक्ती आधारभुत आवासिय विधालय मोतिपुरमा यहि बैशाख १६ गते शनिवार स्वास्थ्य शिविर आयोजना हुने गणपति प्रमुख सेनानी बिष्टले बताए ।शिविरमा आंखा , बाल राेग, मधुमेह ,निमोनिया, स्त्रीरोग दम, हाड जाेर्नी सहितका बिरामीको उपचार तथा औषधी वितरण लगाएतका कार्यक्रम रहेका छन । नेपाली सेना विरदल गण आयोजक रहेको सो शिविरमा एक हजार जनतालाई उपचार गर्ने कार्यक्रम रहेका छन । विहान ०७ बजे सुरु भई सांझ ०५ बजे सम्म संञ्चालन हुने छन ।चन्द्रपुर नगरपालिका , रेडक्रस सोसाइटी , औषधी व्यवसायी संघ, प्रभु बैक, ग्रामीण विकास केन्द्र सहितका सहयोग रहेको गणपति प्रमुख सेनानी विष्टले बताए ।