गौर नगरपालिका वडा नं ७ सिसवामा स्वास्थ्य संस्था भवनको शिलान्यास

1774

रौतहट १९ फागुन । गौर नगरपालिका वडा नं ७ सिसवामा स्वास्थ्य संस्था भवनको शिलान्यास गरिएको छ । गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले स्वास्थ्य चौकी भवनको शिलान्यास गरेका छन् ।

स्वास्थ्य चौकी भवनमा खुला स्थान, सामुदायिक सभा हल, जिम खाना हेल्थ क्लब सहितको बहुतत्ले भवनको अवधारणा नगरपालिकाले बनाएकोे र सो मास्टर प्लान भूकम्प जोखिमलाई विचार गरी कार्यान्वयन ल्याइने नगर प्रमुख गुप्ताले बताए ।

सो अवसरमा नगर प्रमुख गुप्ताले आर्थिक रुपमा कमजोर भएका स्थानीय जनतालाई सस्तो, सुलभ तथा गुणस्तरीय सेवा प्रदान गर्न स्वास्थ्य संस्था स्थापना गरिएको रौतहट टुडेलाई बताए । सो भवनको लागत ४२ लाख रहेको र १ सय ३३ वर्ग मिटर जमीन भवनले ओगटने नगर प्रमुख गुप्ताले जानकारी दिए ।

सो कार्यक्रममा वडाका वडा अध्यक्षहरु गौर नगरपालिकाका उप नगर प्रमुख किरण ठाकुर, नगरपालिकाका कर्मचारी जितेन्द्र भार्ती, विद्यार्थी नेता ओमप्रकाश साह लगायत सर्वसाधारणहरु सहभागीता रहेको थियो ।