कार्यपालिका सदस्यमा वृन्दावनमा नेकपा एस र कटहरियामा कांग्रेस पुरै प्यानल विजयी ।

596

जेष्ठ १७ गते, रौतहट ।
रौतहटको वृन्दावन नगरपालिकाको नगर कार्यपालिका सदस्यहरुको निर्वाचन मंगलवार शान्तिपुर्ण तरिकाले सम्पन्न भएको छ ।
कार्यपालिका सदस्यहरु चुन्नको लागि भएको निर्वाचनमा एकिकृत समाजवादी पार्टीका पुरै प्यानल नै निर्वाचित भएका छन् ।
पाँच जना निर्वाचित वडा सदस्य र तिन जना अल्पसंख्यकहरु गरी ८ जना कार्यपालिका सदस्यहरुको लागि मंगलवार भएको चुनावमा एकिकृत समाजवादी पार्टीबाट निर्वाचनमा भाग लिएका आठैजना निर्वाचित भएका छन् ।
निर्वाचनमा ५ जना महिला र दलित तथा अल्पसंख्यकबाट तिन जना निर्वाचित भएको सहायक निर्वाचन अधिकृत नागेन्द्र यादवले जानकारी दिएका छन् ।
महिला सदस्यहरुमा को उम्मेदवारी परेको थियो भने दलित तथा अल्पसङ्ख्यकबाट,रामबाबु साह उम्मेदवारी दिएका थिए ।
निर्वाचनमा वृन्दावन नगर कार्यपालिका सदस्यमा नेकपा एसबाट पाँच जना महिलाहरु कोशिला देवी पटेल, एतवरीया देवी, रामपरी देवी, जहाना खातुन र पुनम देवी निर्वाचित भएकी छन् भने दलित तथा अल्पसंख्यकबाट स्थानीय सञ्चारकर्मी राजेश पासवान, रामबाबु साह र महेश बैठा निर्वाचित भएका छन् ।
निर्वाचित सबै कार्यपालिका सदस्यहरुलाई निर्वाचन अधिकृतको कार्यालय विश्रामपुरले मंगलवार साँभm निर्वाचित भएको घोष्णा गर्दै प्रमाणपत्र समेत प्रदान गरेको छ ।
यसैविच कटहरिया नगरपालिकाको कार्यपालिका सदस्यहरुको पनि निर्वाचन मंगलवार नै सम्पन्न भएको छ ।
त्यहाँ पनि ८ जना कार्यपालिका सदस्यका लागि भएको निर्वाचनमा नेपाली कांग्रेसका पुरै प्यानल नै विजयी भएको छ । कांग्रेसबाट कार्यपालिका सदस्यहरुमा पाँच जना महिला र तिन जना दलित तथा अल्पसंख्यकबाट निर्वाचित भएका छन् ।
निर्वाचित हुने महिला सदस्यहरुमा शान्ती कुमारी, सोभा देवी, श्रीपती चमैन, सोनी देवी र बुधिया देवि रहेकी छन् । त्यस्तै दलित तथा अल्पसंख्यकबाट मनोज प्रसाद जयसवाल, दिलिप कुमार साह र जामुन ठाकुर कार्यपालिका सदस्यमा निर्वाचित भएको कटहरियाका निर्वाचन अधिकृत चन्द्रप्रसाद लुइटेलले जानकारी दिएका छन् ।
निर्वाचित सबै जना सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र समेत हस्तान्त्रण गरिएको निर्वाचन अधिकृत लुइटेलले बताए ।