१३ अशोज २०७७ , गौर
रौतहटमा ४ जना असक्त व्यक्तिलाई व्हिल चेयर उपलब्ध गराइएको छ l मंगलवार जिल्ला प्रशासन कार्यालय गौरको प्रांगणमा आयोजित एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारि इन्द्रदेव यादवले सो व्हिलचियर हस्तान्तरण गर्नु भएको हो l कतार चैरिटिको सहयोग र ग्रामिण बिकाश केन्द्र आर डि सी नेपालको सहकार्यमा ति व्हिल चियरहरु बितरण गरिएको हो l गौर नगरपालिका वार्ड नम्बर ६ का कपिलदेव राम, राजदेवी नगरपालिका वार्ड नम्बर ४ का सुकन साह, वार्ड नम्बर ८ का मिश्री साह र यमुनामाई गाउपालिका वार्ड नम्बर ५ का बद्रिमिया कवारिलाई उक्त सहयोग सामग्री हस्तानतरण गरिएको हो l
व्हिलचियर हस्त्नानतरण गर्नुहुदै प्रमुख जिल्ला अधिकारि इन्द्रदेव यादवले पाएको सहयोगले उनीहरुको जीवनशैलीमा केहि सहजता आउने बिस्वास व्यक्त गर्नु भएको थियो l अधिकारि यादवले फरक क्षमताका व्यक्तिहरुको जान जीवनलाई सहज तुल्याउने उदेश्य गरिएको व्हिल्चियर बितरणको काम सराहनीय रहेको बताउनु भएको छ l बितरण कार्यक्रममा ग्रामिण बिकाश केन्द्र गौरका अध्यक्ष पारस हुसैन, कोषाध्यक्ष ममता झा लगायतकाहरुको उपस्थिति रहेको कार्यक्रम संयोजक अरविन्द यादवले जानकारी दिनुभयो l