गौर भन्सार कार्यालयमा बुझाए बिना कागजातको १६ वटा मोटरसाइकल

21

रौतहट / रौतहट प्रहरीले चेकजाँचको क्रममा बिना कागजातको बरामद गरेका १६ वटा मोटरसाइकललाई आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा बुझाएका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्राप्त भएको प्रेस नोटमा माघ १ गते देखि जिल्ला प्रहरी कार्यालय र मातहतबाट खटिएका प्रहरी गस्ती टोलीले विभिन्न स्थानहरुमा गरिएका सवारीसाधनहरुको चेकजाँचको क्रममा कागजातहरु नभएका १६ वटा मोटरसाइकललाई नियन्त्रणमा लिएका थिए ।
नियन्त्रणमा लिएका सवारीसाधनहरुको कागजातहरु ल्याउन भनिएपनि कागजातहरु उपलब्ध नगराउदा करिव १२ लाख मूल्य बराबरको १६ थान मोटरसाइकल आवश्यक कारवाहीका लागि गौर भन्सार कार्यालयमा दाखिला गराइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डिएसपी दिपककुमार रायले जानकारी दिए ।