पथरामा जसपाको शुभकामना आदान प्रदान कार्यक्रम भव्य रुपमा सम्पन्न

840

रौतहट । रौतहट जिल्लाको राजदेवी नगरपालिका वड़ा नम्बर १ पथरामा जनता समाजवादी पार्टी नगर स्तरीय कमिटीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रम आईतवार सभ्य एवं भव्य रुपमा संपन्न भएको छ ।
शुभ दीपावली छठ पर्वको अवसरमा आयोजना गरेको शुभकामना कार्यक्रममा प्रदेश नं. २ का भुमि व्यवस्थापन तथा कृषि राज्य मन्त्री योगेनद्र राय यादवले देशमा नेतृत्व गरिरहेका बाम सरकारको कारण नेपाली जनता समस्यामा परेको बताउनु भएको छ ।

प्रमुख अतिथिको आसन्नबाट सम्वोधन गर्दै राज्यमन्त्री यादवले पार्टीमा व्यक्ति महत्वपुर्ण होईन्न् पार्टिको निति र सिद्धान्त महत्वपुर्ण हुन्छ भने बताएका छन् । साथै उजले मधेशी जनताको हकÞ अधिकारको लागि आन्दोलन गर्दै आएको तत्कालीन मधेशी जनाधिकार फोरम नेपाल पार्टी अहिले मधेशी जनताको चाहना र भावना अनुसार एकीकृत भई देश कै तेस्रो दलको रुपमा आएको बताए । उनले भने नेपाली कांग्रेस र सरकारका नेतृत्व गर्ने दलले मधेश र मधेशी आदिवासी जनजाति ,महिला ,मुस्लिम ,पिछड़ावर्ग , विपन्न समुदाय र सिमान्तकृत बर्ग सित विभेद गर्दै आएको छ ।

सदियौ देखि दमन शोषण गरेका खसवादीले अहिले संघीयता विरोधी कार्य गर्दै आएको आरोप समेत लगाए । सांसद यादवले आगामी दिनमा जनता समाजवादी पार्टी देशको नेतृत्व गर्ने दावी समेत गरे ।

राजदेवी नगरपालिका वड़ा नम्बर १ पथरामा जनता समाजवादी पार्टी नगर स्तरीय कमिटका अध्यक्ष रामअश्रे्र राय यादवको अध्यक्षतमा संपन्न भएको शुभकामना आदान प्रदान कार्यक्रममा विशिष्ट अतिथि रामेश्वर राय यादव, राजदेवी नगरपालिका २ का वडा अध्यक्ष सनुप महतो, प्रदेश कमिटि सदस्य विनोद महतो प्रेस फोरमका जिल्ला अध्यक्ष किशोरी यादव लगायतका वक्तहरुले पार्टीलाइ बलियो बनाउन एकता सहकार्य ,समन्वय, आपसी सदभाव कायम गर्नु पर्ने जोड़ दिए ।